आइतबार , असार १२, २०७९

स्वास्थ्यकर्मीलाई सलाम, जसले पिठ्युमा बोकेर बृद्ध महिलालाई खोप लगाउन लगिन्

माघ १८, २०७८ मंगलबार 136

काठमाडौ । सामाजिक सञ्जालमा अहिले केही तस्बिर भाइरल भएका छन् । कोभिड महामारीका विरुद्ध स्वास्थ्यकर्मी जोखिम मोलेर काम गरिहरेका छन् । एक स्वास्थ्यकर्मीले वृद्ध महिलालाई बोकेर कोभिड(१९ विरुद्धको खोप लगाउन लैजाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । यो तस्बिर गुल्मी जिल्लाको को शो । उक्त तस्बिर पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा हालेपछि त्यसलाई कपी गरेर धेरैले भाइरल बनाइरहेका छन्।

सामाजिक सञ्जालमा तस्बिरको खासै जानकारी दिएको छैन। खाली गुल्मी जिल्लाको गौडाकोटकी स्वास्थ्य स्वयंसेविका लिला थापा भनिएको छ। उनले एक वृद्धालाई बोकेर कोभिड(१९ विरुद्धको खोप लगाउन लाँदै गरेको जानकारी दिइएको छ।

वृद्धा महिलालाई बोक्ने स्वास्थ्य स्वयंसेविका गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका(३ राजा निवासी लिला थापा हुन्। उनको पिठ्यूँमा बोकिने वृद्धा गुल्मी दरबार गाउँपालिका(३ धारापानीकी देवीकला टण्डन भएको बताइएको छ । लिलाले गत शुक्रबार अर्थात माघ १४ गते देवीकलालाई बोकेर खोप लगाउन गौडाकोट स्वास्थ्य चौकी लगेकी हुन् ।

स्वास्थ्य स्वयंसेविका लिलाले हेल्पाटीलाई दिएको जानकारी अनुसार ८० वर्षीया देवीकला एक्लै गाउँमा बस्छिन्। उनका एक जना छोरा बुटवल र एक जना भारतमा छन्। छोराहरू गाउँ नबस्ने, आमा गाउँ छाड्न नमान्ने भएपछि देवीकला एक्लै छन् । गाउँमै बिहे गरेकी छोरीले बेला बेला गएर हेरचाह गर्छिन

देवीकलाले अहिलेसम्म कोभिड(१९ विरुद्धको कुनै खोप लगाएकी थिइनन् । गौडाकोट स्वास्थ्य चौकीमा खोप लगाउने शुक्रबार अन्तिम दिन थियो। देवीकलाको घरबाट स्वास्थ्य चौकी हिँडेर पुग्न १० मिनेट जतिको बाटो छ।

गतसाल ब्ल ड प्रे सरले हा नेर थलिएकी उनको खुट्टाका औँलासमेत पाकेर हिँडन्सक्ने अवस्था छैन। शुक्रबार बिहान देवीकलाकी छोरी फुर्सी घिमिरे आएर आमालाई कसरी खोप लगाउन लैजाने भनी समस्या सुनाइन् । त्यही दिन गाउँमा मान्छे म रे र सबैजसो पुरुषहरु मलामी गएकाले बोक्ने मान्छे पनि पाइएन।

छोरी फुर्सी आफैँ बिरामी भएकाले आमालाई बोकेर लैजान सक्ने अवस्था थिएन। अरु कुनै विकल्प नभएपछि आफैँले बोकेर लगेको स्वास्थ्य स्वयंसेविका लिला बताइन् । स्वास्थ्य चौकीमा लगेर देवीकलालाई स्वास्थ्यकर्मीले जोनसोन खोप लगाइदिए। त्यसपछि फेरि लिलाले घरसम्मै बोकेर पुर्‍याइदिइन् ।

प्रतिकृया दिनुहोस्