बिहिबार , भाद्र २, २०७९

फेसबुक मेसेन्जरमा बिना अनुमति ‘स्क्रिन सट’ लिँदै हुनुहुन्छ?

माघ १६, २०७८ आइतबार 298

काठमाडौं: सामाजिक सञ्जालमा हुने सुरक्षा प्रणाली सूचना प्रविधिसम्बन्धी सबै कम्पनीहरुलाई टाउको दुखाइको विषय बन्ने गरेको छ। त्यही भएर पनि आफ्नो ती कम्पनीहरु सुरक्षा प्रणाली दुरुस्त राख्न रातदिन घटिरहेका हुन्छन्।

यस्तैमा मेटाले फेसबुक मेसेन्जरको फिचर्समा केही परिवर्तन गरेको छ। फेसबुक मेसेन्जरमा कुरा गर्ने क्रममा स्क्रिन सट लिए तुरुन्तै अर्को व्यक्तिमा पनि नोटिफिकेशन आउने बनाइएको छ। मेसेन्जरको सुरक्षा प्रणालीलाई दुरुस्त राख्न एन्ड टु एन्ड एन्क्रिप्टेडको सपोर्ट पनि दिइएको छ।

फेसबुक (मेटा)का प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक मेसेन्जरको गोपनीयतासम्बन्धी नयाँ फिचर सार्वजनिक गरेका छन्। सिइओ जुकरबर्गले मेसेन्जरको ‘सिक्रेट मेसेज’ भन्ने फिचरमा थप सुधार गरेको बताएका हुन्।

स्ल्यासगियरका अनुसार जुकर्बगले बिहिबार आफ्नो आधिकारिक फेसबुकमा नयाँ फिचरबारे पोस्टमा लेखेका छन्, ‘अब मेसेन्जरको सिक्रेट च्याटमा च्याट गरिरहँदा प्रयोगकर्ताले स्क्रिनसट लिएको थाहा हुने फिचर समावेश गरिएको छ। त्यस्तै, अब यसमा च्याट गर्दा जिआइएफ, स्टिकर र अरू रियाक्सनहरू पनि गर्न मिल्नेछ। ‘

फेसबुकले आफ्नो सिक्रेट च्याट फिचर सन् २०२० को नभेम्बरमा मेसेन्जर र इन्स्टाग्राममा सार्वजनिक गरेको थियो। उक्त फिचरले प्रयोगकर्ताको गोपनीयताको ख्याल राख्ने फेसबुकले जनाएको थियो।

पछिल्लो समय फेसबुक मेसेन्जरमार्फत् अपराधिक गतिविधि हुन थालेपछि मेटाले यस्तो फिचर ल्याएको बताइएको छ। त्यस्तै फेसबुकले मेसेज रियाक्सन फिचर पनि जारी गरेको छ।

यसभन्दा अघि फेसबुक मेसेन्जरमा गोप्य रुपमा पठाइएको मेसेजको स्क्रिनसट लिदाँ एक-अर्कालाई थाहा हुँदैन थियो। तर नयाँ फिचरले भने स्क्रिनसट लिएको नोटिफिकेसन डिस्प्ले हुनेछ। इन्सटाग्राममा भने यो फिचर केही समय अघिदेखि नै थियो। यसमा जोसँग च्याट गरिँदै छ, उसले स्क्रिनसट लियो भने स्क्रिनमा नोटिफिकेसन नै डिस्प्ले हुन्छ।

त्यस्तै, पहिले सिक्रेट च्याटमा च्याट गर्दा प्रयोगकर्ताहरूले मेसेजमा कुनै रियाक्ट गर्न मिल्दैन थियो र कुनै जिआइएफ अथवा स्टिकर पनि पठाउन मिल्दैन थियो। तर नयाँ विशेषताले यो सुविधा पनि थपेको छ। साथै, अब सिक्रेट च्याटमा पठाइएको फोटो अथवा भिडिओहरू पनि सेभ गर्न सकिने फिचर थपिदैछ।

प्रतिकृया दिनुहोस्