बिहिबार , भाद्र २, २०७९

चक्कु प्रयोग गरी १६ महिनाको वावुको ज्यान लिइयो, ५ बर्षकी छोरीमाथी समेत चक्कु

माघ १५, २०७८ शनिबार 142

स्याङ्जा । धारिलो हतियार चक्कु प्रयोग गरी ज्यान लिएको अभियोगमा स्याङ्जा वालिङ नगरपालिका–१० भकुण्डे डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जितेन्द्रले वालिङ नगरपालिका–१० भकुण्डे डेरा गरी बस्ने सोही नगरपालिका–१२ सिर्सिबोट घर भएकी रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ र उनकै छोरी ५ वर्षीया साईना गुरुङलाई चक्कु प्रयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका साईमन गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो भने साईना गुरुङको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्