बिहिबार , जेठ ५, २०७९

खोप कार्ड हरायो, चिन्ता नलिनुस: यसरी बनाउन सकिन्छ ! जानिहाल्नुस

माघ १४, २०७८ शुक्रबार 244

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप कार्ड हराएमा दुई ठाउँबाट प्रतिलिपि लिन सकिनेछ। पहिलो, खोप केन्द्रबाटै प्रतिलिपि पाउन सकिनेछ।

दोस्रो, खोप लगाएको स्वास्थ्य संस्था भएको स्थानीय तहमा गएर प्रतिलिपि खोप कार्ड लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पहिलो र दोस्रो डोज तथा जोन्सन एन्ड जोन्सन खोप लगाएर खोप कार्ड हराएका सबैले खोप लगाएको केन्द्र या स्वास्थ्य संस्था भएको स्थानीय तहबाट प्रतिलिपि कार्ड लिन सकिनेछ।

सरकारले ७ माघबाट सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ। कतिपय स्थानीय प्रशासनले सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेका छन्।

यससँगै सार्वजनिक यातायातका साधनमा पनि खोप कार्ड देखाउनुपर्ने व्यवस्था गर्न लागिएको छ। त्यसैले सरकारले खोप कार्ड बोक्न आग्रह गरेको छ। यो खबर साभार गरियको हो ।

प्रतिकृया दिनुहोस्