बुधबार , अषोज १२, २०७९

कोरोनाबाट एक सातामै ५५ जनाको मृत्यु

माघ १३, २०७८ बिहिबार 390

काठमाडौंः कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उकालो लाग्दो क्रममा रहेको छ। पछिल्लो एक सातामा ५५ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ। यसरी हेर्दा दैनिक औसत ८ जनाको मृत्यु भइरहेको छ। गत शुक्रबारदेखि आज बिहीबारसम्म संक्रमणबाट ५५ जनाको मृत्यु भएको हो।

गत शुक्रबार ३, शनिबार १६, आइतबार ४, सोमबार ४, मंगलबार ८ जनाको संक्रमणबाट मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५ र आज बिहीबार एकैदिन १५ संक्रमितको मृत्यु भएको छ। केही दिनयता संक्रमणदर बढ्दो क्रममा रहेको छ।

यो पनि, कोरोना भाइरसविरुद्धको खोप अभियानमा तीव्रता आएसँगै मृत्युदर घटेको छ । तर विज्ञहरूले कोरोनाबाट मृत्यु हुनेहरूको संख्या अझ धेरै भएको हुनसक्ने अनुमान गरेका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले समेत सार्वजनिक संख्याभन्दा ३ गुणा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । कोरोना भाइरस मुटुसम्बन्धी रोग र स्ट्रोकपछि मृत्युको तेस्रो ठूलो कारकका रूपमा देखिएको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ७ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६ लाखभन्दा बढीको मृत्यु भए पनि स्वास्थ्य विज्ञहरूले सरकारले तथ्यांक लुकाएको आरोप लगाएका छन् । ब्राजिली सरकारलाई कोरोना संक्रमणबारे तथ्यांक तोडमोड गरेको आरोप लाग्दै आएको छ ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाखबाट ५० लाख पुग्न ११० दिन लागेको छ । यसअघि त्यही संख्या ३० लाखबाट ४० लाख पुग्न भने ९० दिन मात्रै लागेको थियो ।

प्रतिकृया दिनुहोस्