बिहिबार , अषोज १३, २०७९

बाराबाट काठमाडौ उड्न लागेका भारतीयलाई प्रहरीलाई शंका लागेर जाँच गर्दा जे भेटियो

माघ १०, २०७८ सोमबार 443

बारा । जितपुरसिमरा उपमहानगरपालिका-१ सिमरा विमानस्थलबाट काठमाडौ उड्न लागेका एक भारतीयमाथी नेपाल प्रहरीलाई शंका लाग्यो ।

भारत बिहार नवाधा थाना अक्बरपुर बस्ने ३८ वर्षीय शिव शंकर बब्लुलाई प्रहरीले जाँच गर्यो ।

चेक जाँचका क्रममा नेपालमा प्रतिबन्धित २ हजार दरका १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालमा प्रतिबन्धित नोट किन ल्यायो । त्यो कहाँ र कसरी जान्छ भन्ने प्रहरीले खोजी सुरु गरेको छ ।

डिपार्चर रुममा काठमाडौंतर्फ जान लागेका यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा शिव शंकरलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई बरामद नगद सहित आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको छ ।

प्रतिकृया दिनुहोस्