आइतबार , जेठ ८, २०७९

धनकुटामा सीताको श व उनकै घर भित्र पुरेको अवस्थामा भेटियो, श्रीमान पक्राउ

माघ १०, २०७८ सोमबार 158

काठमाडौ । तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका(४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको शव फेला परेको छ । उनको ह त्या भएको खुलेको हो । घटनामा संलग्न भएको अभियोगमा उनका श्रीमान पक्राउ परेका छन् । श्रीमानले नै श्रीमतीलाई ठेगान लगाएर घरभित्र श व पुरेको अवस्थामा फेला परेको हो । लामो समय देखि सीता फेला नपर्दा स्थानियमा असन्तुष्टि थियो । प्रहरीले कुकुरको प्रयोग गरेर सीताको खोजी गरेको थियो । तर सोमवार उनको श व घर भित्रै पुरेको अवस्थामा फेला परेको हो।

गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको खोजीका लागि प्रहरीमा उजुरी दिइएको थियो । भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चो ट रहेको र श व पनि गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।

सीताको घटना घरायसी वि वा दको क्रममा भएको अनुमान प्रहरीले लगाएको छ । उनका श्रीमान ५२ वर्षीय सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले बताए। घटना पछि घरभित्र श व पुरेर फ रा र रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याइएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान गरी थप कारवाही अघि बढाउने प्रहरीले जनाएको छ । श व पोष्टमार्टमका लागि सोमबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्