बिहिबार , जेठ ५, २०७९

२४ घण्टामा देशभर १० हजार बढी संक्रमित थपिए, यो संगै उपत्यकाका ३ वटै जिल्लाले निकाले (बिज्ञप्ति)

माघ ४, २०७८ मंगलबार 197

काठमाडौं- पछिल्लो २४ घण्टामा १० हजार बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका नयाँ आदेश जारी गरेका छन। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गदिएको हो।

आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि यस्तो आदेश जारी गरिएको हो। नयाँ आदेश आज राति १२ बजेदेखि लागु हुने जनाइएको छ।

आज १० हजार बढी संक्रमित भेटिएको काठमाडौं उपत्यकाका प्रशासनले कडाइ गर्न थालेका छन्। राजधानी उपत्यकाम संक्रमित तीव्र गतिमा थपिन थालेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार २७ बुँदे आदेश जारी गरेको हो।

काठमाडौं प्रशानसले अबदेखि माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सञ्चालनमा निषेध गरेको छ। त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमको उपयोग गर्न पनि भनिएको छ। भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५जना मात्र सहभागी हुने गरी सञ्चालन गर्न पनि भनिएको छ।

यही माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी कार्यक्रम गर्न पनि प्रशासनले भनेको छ।

‘गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने’, आदेशमा भनिएको छ, ‘भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी बढीमा २५जना मात्रै सहभागी हुने गरी सञ्चालन गर्ने। यही माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्रै उपस्थित हुने गरी गर्ने।’

प्रशासनले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन गर्न पनि रोक लगाएको छ।

आदेशमा होटेल रेष्टुरेण्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नुपर्ने भनिएको छ। त्यस्तै होटेल रेष्टुरेण्टमा सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन भनिएको छ।

मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिन पनि प्रशासनले भनेको छ। माघ ७ गतेपछि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्रै खोप कार्डको आधारमा होटेल रेष्टुरेण्टमा प्रवेश गर्न दिन पनि आदेशमा भनिएको छ।

प्रतिकृया दिनुहोस्