शनिबार , अषोज १५, २०७९

२ बर्ष अघि अष्ट्रेलिया पुगेर एमपीएल पढिरहेकी २२ वर्षिय सुस्मिता मृ’त अवस्थामा फेला

माघ ४, २०७८ मंगलबार 220

काठमाडौं । अध्ययनका लागि अष्ट्रेलिया पुगेकी एक नेपाली चेलीको मृ’त्यु भएको छ । सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृ’त अवस्थामा फेला परेकी हुन् ।

जानकारी अनुसार सिड्नीस्थित अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपालीको मृ’त शरीर फेला परेको छ ।

काठमाडौं, कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया पुगेकी थिइन् ।हाल एमपीएल पढिरहेकी उनको घटनाबारे त्यहाँको न्यु साउथ वेल्स प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

सुष्मिता मृत्युको घटनाले त्यहाँका सबै नेपालीहरूलाई निकै दुः’खीत बनाएको छ ।मिजासिली स्वाभावकी सुष्मिताको असामहिक नि’धनले सबैजना स्त’ब्ध भएका छन् ।

मृ’तकको मृ’त शरीर नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो–फ’ण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।

अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।

प्रतिकृया दिनुहोस्