संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को मृत्यु भएको छ । संसारमा लोकप्रिय बघिनी ‘कलरवाली’को मृत्युले सबैलाई दुखि बनाएको छ ।
भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको जनाईएको छ । यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी यो बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो ।
सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन् । बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६:१५ मा भएको जनाएको छ ।
भारत मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनका लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।
मप्र को टाइगर स्टेट का दर्जा दिलाने में महत्वपूर्ण भूमिका निभाने वाली, मध्यप्रदेश की शान व 29 शावकों की माता @PenchMP की ‘सुपर टाइग्रेस मॉम’ कॉलरवाली बाघिन को श्रद्धांजलि।
पेंच टाइगर रिजर्व की ‘रानी’ के शावकों की दहाड़ से मध्यप्रदेश के जंगल सदैव गुंजायमान रहेंगे। pic.twitter.com/nbeixTnnWv
— Shivraj Singh Chouhan (@ChouhanShivraj) January 16, 2022
प्रतिकृया दिनुहोस्