आइतबार , जेठ ८, २०७९

सङ्क्रमणबाट नुवाकोटमा हट्टाकट्टा महिलाको मृत्यु, भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखियो

मंग्सिर २०, २०७८ सोमबार 410

नुवाकोट । नुवाकोटमा थप एकजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय एक महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

उनको शनिवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । यससँगै नुवाकोटमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । नुवाकोटमा हालसम्म ८ हजार ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ हजार ३ सय ८ जना कोरानामुक्त भएर घर फकिएका छन् ।

जिल्लामा हालसम्म २८ हजार ६ सय ७४ जनाको पिसिआर परिक्षण गरिएको छ । नुवाकोटमा हाल सक्रिय संक्रमितको संख्या १७ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये १५ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै, नेपालमा पनि भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको छ ।

मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ,‘३ मंसिर ०७८ मा नेपाल आएका ६६ बर्षीय एक विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो ।

उहाँसँग नजिकको सम्पर्कमा आएका अर्का ७१ बर्वीय व्यक्तिलाई पनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपश्चात परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नु पर्ने रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन ।

एस जेन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वइन्सिङ गर्दा १९ मंसिर ०७८ मा राति कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।’ हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । उनीहरूमा कुनै लक्षणहरू देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

प्रतिकृया दिनुहोस्