बिहिबार , भाद्र २, २०७९

अभिनेता विपिन कार्कीलाई बलिउडवाट अफर, अब छिटै मुम्बई जाँदै

पुष २८, २०७८ बुधबार 408

काठमाडौ । नेपालमा निकै चर्चित फिल्म दिएका अभिनेता विपिन कार्की अब बलिउडमा पनि डेब्यु गर्ने भएका छन् । उनलाई बलिउड फिल्मवाट अफर आएको विपिनले बताएका छन् । नेपाली सिनेक्षेत्रमा थुप्रै सफल फिल्ममा अभिनय गरिसकेका विपिनको कामको मुल्याकंन भएको छ । नेपाली कलाकारले पनि अन्तराष्ट्रिय फिल्ममा काम गर्न पाउनु एउटा राम्रो अवसर हो । विपिनले ‘एनिमल’ नामक फिल्ममार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

‘कलाकार कार्कीले पशुपती प्रसाद’, ‘सेल्फी किङ्ग’, ‘प्रसाद’लगायतका निकै सफल फिल्म नेपाली दर्शकलाई दिएका छन् । कार्कीलाई ‘एनिमल’को निर्माण पक्षले अभिनयका लागि प्रस्ताव गरेको बताइएको छ । बलिउड अभिनेता अनिल कपुर र रणविर कपुरलगायतका कलाकारको अभिनय रहने यो फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने छन्।

कार्कीकाअनुसार उनलाई फिल्मको निर्माण पक्षले अगष्टमा मुम्बई आउन प्रस्ताव गरेको छ। उनले अभिनय गरेको फिल्म ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले उनलाई ‘एनीमल’को निर्माण पक्षसँग जोड्ने काम गरेका छन्।

नेपाली सिनेक्षेत्रमा सफल अभिनेताको परिचय बनाइसकेका विपिनको बलिउडको प्रवेश उनीसँगै समग्र सिनेक्षेत्रकै लागि सफलताको कुरा हो। फिल्ममा उनको अभिनय कस्तो हुन्छ, उनी कति सफल हुन्छन् त, फिल्म प्रदर्श भएपछि नै थाहा हुनेछ। बलिउडवाट अफर आएपछि विपिन निकै उत्साहित भएका छन् ।

थुप्रै नेपाली कलाकारहरुले बलिउडमा काम गरेकोे भएपनि केही सिमित कलाकारले मात्र त्यहाँ आफ्नो परिचय बनाउन सफल भएका छन् । अभिनेत्री मनिषा कोइराला, सुनिल थापा लगायत केही कलाकारले बलिउडमा प्रतिभा देखाएका छन् । मनिषा ९० को दशकको सबैभन्दा चर्चित अभिनेत्री थिइन् । अहिले उनी नेपालमै विभिन्न प्रोजेक्टमा काम गर्दैछिन् ।

प्रतिकृया दिनुहोस्