सोमबार , साउन २३, २०७९

टिपरले अटोरिक्सालाई ठ’क्क’र दिँ’दा एकै घरका बाबु-छोराको मृ,त्यु

मंग्सिर २०, २०७८ सोमबार 714

दाङ – टिपरको ठ’क्क’रबाट प्यूठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्यूठान नगरपालिका- ३ घुर्चनेका ३५ वर्षिय अमृत थापा र उनका ४ वर्षीय छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्यूठानको माण्डवी गाउँपालिका- ५ स्थित चकचके-चेरनेटा सडकखण्डमा ठ’क्क’र दिँ’दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु जुम्रीबाट अटो रिजर्भ गरेर स्वर्गद्वारीतर्फ जाँदै थिए।

दुर्घटनामा अटोमा सवार अन्य चार जना घाइते छन्। घाइतेहरुमा प्यूठान नगरपालिका- ३ बस्ने वर्ष ८ की दुर्गा थापा, ३० वर्षीया पुनम थापा , १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा रहेका छन्।

उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्