बिहिबार , जेठ ५, २०७९

गृह मन्त्रालयको निर्देशन मानेनन् पूर्वराजा ज्ञानेन्द्रले !

पुष २७, २०७८ मंगलबार 407

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलवार पृथ्वी जयन्तीको अवसरमा सिंहदरवार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न निस्किए । गणतन्त्र घोषणा भएर राजावाट हटेको डेढ दशक पछि पहिलो पटक पूर्वराजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न निस्किएका हुन् । तर उनी यस्तो समयमा बाहिर निस्किए जतिवेला गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ ।

तर पूर्वराजा सिंहदरवार अगाडी जाँदा हजारौंको भिड लागेको छ । त्यहाँ न त भौतीक दुरी कायम भएको छ भने अधिकांशले माक्स पनि लगाएका छैनन् । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर गृह मन्त्रालयको सूचना जारी भएको ३६ घन्टा बित्न नपाउँदै राज्य र नागरिकस्तरवाटै यसको उल्लंघन भएको हो । गणतान्त्रिक मुलुकमा राजा आउ देश बचाउ भन्दै सर्वसाधारण पूर्वराजा ज्ञानेन्द्रको पछि पछि नारा लगाउँदै सडकमा निस्किएका छन् ।

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त ढंगले राष्ट्रिय एकता दिवस मनाउन सर्वसाधारण बाहिर निस्किएका हुन् ।

सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भिड लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यसबेला सयौंको भिड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए ।

उनी मध्यान्ह १२ बजे शुभेच्छुकहरुसहित त्यहाँ पुगेका थिए । माल्यार्पणका लागि पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार अगाडि पुग्दा समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ भन्ने नारा लगाएका थिए । वि।स।२०६५ सालमा गणतन्त्र घोषणायता संभवत पहिलो पटक उनी पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न पुगेका हुन् ।

प्रतिकृया दिनुहोस्