पुष २७, २०७८ मंगलबार 248
आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई गएका ११८ नेपाली युवा अलपत्र परेका छन् ।
चाररपाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई पुगेका युवा अलपत्र परेका हुन् ।यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ ।
उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् । उनको मुख्य संलग्नतामा अन्य दलालहरु खगेन्द्र लम्साल, राजन ठकुरी, भुपेन्द्र बोहोरा, आदित्य रसाइली, होम बहादुर खड्का, सिम्रन रसाईलीले दुबईको विभिन्न कम्पनीमा कामदार माग गरिएको भन्दै नक्कली मागपत्र बनाई युवाहरुलाई झुक्याएर दुबई ल्याएका थिए ।
प्रतिकृया दिनुहोस्