बिहिबार , माघ १३, २०७८

तीनबर्ष अगाडी पोर्तुगल जाने भन्दै हिडेको छोरा नफर्केपछि…. (भिडियो सहित)

पुष २७, २०७८ मंगलबार 128

तीनबर्ष अगाडी विष्णु अधिकारीले धन कमाएर परिवार पाल्ने सपना लिएर विदेश जान लागेका छोरालाई फुलमाला र टीका लगाएर विदाई गर्नुभयो ।

रोजगारको सिलसिलामा युरोपेली मुलुक पोर्तुगलको भिषा लागेकाले भारत हुदैं जाने परिवारसँग बाचा गरेको गएका छोरा दिपक अधिकारीको सम्पर्कविहीन भएपछि निराश हुनुहुन्छ ।

म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी घर भई हाल चितवनमा बस्दै आउनुभएकी अधिकारीले घरबाट विदा भएपछि हालसम्म हालसम्म नर्फिएका छोराको खोजीमा भौतारिनुभएबो छ ।

भारत हुदैं पोर्तुगल जाने भिषा समेत रहेको दाबी गरेका दीपक बेपत्ता भएपछि अनुहार हेर्न पाउ भन्दै याचना गर्नुभएको छ । ‘छोराको एकपैसा पनि कमाई चाहिदैन्,‘मैले उसको आवाज मात्रै सुने पुग्छ’ उहाँले भन्नुभयो ।

पोर्तुगल जानका लागि विभिन्न चरणमा ७ लाख र घरबाट विदाई भएपछि बाटोमा आवश्यक पर्ने भन्दै डेढ लाख दिएको दिपककी बहिनी सुनिता अधिकारीले बताउनुभयो ।

‘आमाको आँसु रोक्न सकेको छैन्,‘आसैआसमा तीनबर्ष वित्यो’ सुनिताले भन्नुभयो । विदेश जाने भन्दै घर बाट निस्किएका दीपक नेपाल वा भारतका कुनै स्थानमा रहेको आशंका परिवारको छ ।

जिउँदै छ कि छैन अहिले कसैलाई थाहा नभएपनि परिवारको सम्पर्कमा नआउने गरी कतै बसेको भन्दै सामाजिक सञ्जालमा समेत फोटोबाट पत्ता लगाउने प्रयास गरिएको जनाइएको छ ।

युट्युब, फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालको माध्यमबाट हराएको छोरालाई सम्पर्कमा ल्याउने आसमा परिवार छ । घरटोल, छिमेकीबाट विदेश गएर फर्किएकाले प्रहरी सहित विभिन्न निकायमा खोजीकार्यका लागि अधिकारी परिवारले गुहार गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् https://fb.watch/as2x2M_JJF/

प्रतिकृया दिनुहोस्