बिहिबार , भाद्र २, २०७९

दैव पनि कति निस्टुरी ! संसारनै राम्रोसँग देख्न नपाई ९ महिने शिशु’को दुर्घटना’मा मृ’त्यु

पुष २६, २०७८ सोमबार 526

देउखुरीको सिसहनियाँमा यात्रुबाहक बस दु’र्घटना भएको छ । आज विहान ३ ः ३५ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दु’र्घटना हुँदा बसमा सवार ९ जना यात्रु घा’इते भएका छन् ।

भने ९ महिने शिशुको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय दाङले जानकारी दिएको छ ।

बसमा सवार अन्य घा’इते हुनेहरुमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका १६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका ६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका ९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् ।

अन्य घाइतेहरुमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलमको मत्यु भएको छ ।

त्यस्तै काठमाडौंमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। ​ बिजुली बजारमा गएराति टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचाल झरना गाउँपालिका २ का २२ वर्षीय विपिन विक. रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मीन भवन स्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको हो।

विपिन विजुली बजारमा रहेको एक रोधी घरमा साथीहरुसँग मा’प’से झ’गडा गरी भा’ग्ने क्रममा, अचानक सडकमा निस्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ। गएराति पौने ११ बजे भएको सवारी दुर्घटना लगत्तै टिपरसहित फ’रार भएका चालकको खोजी भइरहेको छ। फोटो फाइल

प्रतिकृया दिनुहोस्