आइतबार , जेठ ८, २०७९

इन्गेजमेन्ट समारोहमा रोटी पकाउन आएकाले, रोटीमा थुक लगाउँदै पकाउँदै गरेको भिडियो भाइरल (भिडियो हेर्नुस्)

मंग्सिर २०, २०७८ सोमबार 313

काठमाडौ । सामाजिक सञ्जालमा अहिले केही दिन यता एउटा भिडियो भाइरल भएको छ । जसमा एक जना ब्यक्तिले रोटी बनाउँदा थुक लगाएको जस्तो देखिन्छ । यो भिडियो उत्तर प्रदेशको मेरठबाट भाइरल भएको हो । जसमा एक व्यक्ति तंदुरी रोटी बनाउँदै गरेको देख्न सकिन्छ । भिडियो पोष्ट गर्ने ब्यक्तिको दावी छ की यो व्यक्तिले रोटीमा थुकेर तंदूरमा हालेको हो । यो भिडियो इन्गेजमेन्टको हो । प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ ।

रोटीमा थुकेको भिडियो भाइरल
यो घटना मेरठको नगलाताशी, कंकरखेडामा तीन, चार दिन अघि भएको इन्गेजमेन्ट समारोहसँग सम्बन्धित छ। यसै क्रममा कसैले गोप्य रुपमा रोटी बनाउँदै गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनायो । रोटी बनाउँदा अभियुक्तले थुकेर तंदूरमा हाल्ने गरेको आरोप छ । भिडियो भाइरल भएपछि आरोपी नौशादलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भिडियोबारे अनुसन्धान गरिरहेको छ
प्रहरीको हिरासतमा आएपछि आरोपितले आफूमाथि लागेको सबै आरोप झु टा भएको भन्दै रोटीमा नथुकेको प्रहरीलाई बताए । प्रहरीले इन्गेजमेन्ट समारोहको भिडियो पनि पाएको छ । अहिले यस विषयमा अनुसन्धान सुरु भएको छ ।

प्रहरी हिरासतमा अभियुक्त
यस्ता भिडियोहरू यस अघि पनि भाइरल भएका छन्। जसलाई प्रहरीले कडा कारबाही गरेको छ । भिडियो हेरेपछि जनतामा चर्को आ क्रो श छाएको छ, यस्ता कार्यका लागि कडा कानुन बनाउनुपर्ने र त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने उनीहरुको भनाइ छ ।embed

प्रतिकृया दिनुहोस्