बिहिबार , अषोज १३, २०७९

मोटि दिदिको सेलरोटी कथा : ८ महिनाको गर्भ हुँदा श्रीमान विते, अहिले त्यही छोराले हेर्दैन, सिरानीमा वि ष राखेकीछु-हात खुट्टा चल्न छोडेपछि त्यही खाने हो (भिडियो)

पुष २५, २०७८ आइतबार 478

काठमाडौ । केही दिन देखि सामाजिक सञ्जालमा चियावालीको नामले एउटा भिडियो निकै चर्चामा छायो । राती ३ वजे देखि नै सडकमा चिया बेच्ने काम गर्ने एक युवतीको वारेमा सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सानो काखे छोरीलाई पिठ्युमा बोकेर एक महिलाले गरेको संघर्षलाई भिडियोमा देखाइए पछि सबैले उनको संघर्ष मन पराए । अहिले उनी एउटा म्युजिक भिडिययोमा पनि खेलेकी छन् । उनको नाम श्रृष्टी । अहिले उनलाई धेरैको सहयोग पनि आउन थालेको छ ।

त्यस्तै संघर्ष गर्ने अर्की महिला पनि फेला परेकी छन्| मुग्लिगं काठमाडौ सडक खण्डमा रहेको यो पसल मोटी दिदीको सेलरोटी पसलले चर्चित छ । सबैले मलाई मोटि दिदी भन्छन् ।

मलाई खुसी नै लाग्छ उनले भनिन्, साना केटाकेटी देखि कपाल फुलेका सम्मले पनि दिदी नै भनेर बोलाउँछन् । उनले यो पसल गरेको १९ वर्ष भयो । उनले निकै मिठो सेलरोटी बनाउने गरेकी छन् । १७ वर्षको कलिलोउमेरमा श्रीमान गुमाएकी थिइन् । श्रीमानको निधन हुँदा ति त्यो छोरा ग र भमा थियो ।

८ महिनाको ग र्भ हुँदा श्रीमानको निधन भएपछि उनले निकै संघर्ष गरेर त्यो छोरा जन्माइन्, हुर्काइन्अ हिले त्यही छोराले पनि आफुलाई हेला गर्ने गरेको बताएकी छन् । श्रीमान जाँदा ८ महिनाको गर्भ थियो

अहिले त्यो छोराले पनि हेर्दैन, उनले भनिन्, जुन दिन हात खुट्टा चल्छ त्यो दिन सम्म काम गरेर खान्छु । जुन दिन हातखुट्टा चल्दैन त्यो दिन वि ष खा ने हो । मैले सिरानीमै ल्याएर राखेकी छु ।

उनलाई एक महिनामा ४ हजार रुपैया औषधीमा खर्च हुने बताइन्। अहिले त्यो छोराले एक पटक फोन पनि गर्दैन । आधा रोटी हुँदा त्यो छोरालाई दिएर म भोकै बसेर हुर्काएको छोरा हो, तर बरु छिमेकी दिदी बहिनीले माया गरेर बोल्छन् तर आफैले त्यसरी संघर्ष गरेर हुर्काएको छोराले हेर्दैन । सडक दुर्घटनामा उनको श्रीमानको निधन भएको थियो ।

अहिले काम गर्न सक्ने हुँदा त गरेर जिवन चलाएकै छु तर वृद्ध अवस्थामा मेरो के हालत होला ? त्यो सम्झेर अहिले पनि म दुखी हुन्छ उनले भनिन् । १७ वर्षको उमेरमा श्रीमान गएपछि अहिले खुसी भए हाँस्न पाएकी छैन । श्रीमानको परिवार पनि छन्सा सु ससुराले भने माया गर्ने गरेको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्