आइतबार , जेठ ८, २०७९

एक सातासम्मको अबस्था हेरेर पूर्ण लकडाउन गर्ने सरकारको तयारी ?

पुष २५, २०७८ आइतबार 177

पछिल्लो एक सातायता को’रोनाभाइरस (को-भि’ड–१९) को नयाँ भेरियन्ट ओ’मिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओ’मिक्रोन भेटिएको थियो ।

ओ’मिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।

भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

संक्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको को-भि’ड–१९ सं’कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सा’वधानी अपनाउन निर्देशन दिएको थियो ।नेपाल समाचारपत्रमा खबर छ ।

संक्रमणको तेस्रो लहर फैलने त्रा’स बढेपछि बसेको सीसीएमसीको बैठकमा को’रोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पी’सीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्नेलगायतको निर्णय भएको थियो ।

बैठकमा स्मार्ट लकडाउन अर्थात् भी’डभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, डान्स, डिस्को, चिडियाखानालगायतका क्षेत्र बन्द गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

सरकारले एक साताको तथ्यांक विश्लेषण गरी स्मार्ट वा पूर्ण कुनचाहिँ लकडाउन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

संक्रमितको संख्या बढ्दै गएमा पुनः छलफल गरी निर्णय गर्ने तयारी छ । फेरि लकडाउन गरे एक वर्षअघि खुलेको विद्यालय पुनः बन्द हुने त्रा’स बढेको छ । भर्खरै फ’स्टाउन थालेको पर्यटन व्यवसायमा पनि अ’न्योलता छाएको छ ।

प्रतिकृया दिनुहोस्