बिहिबार , भाद्र २, २०७९

नेपालका महत्वपूर्ण ब्यक्तिको नि’धन

पुष २५, २०७८ आइतबार 932

राजा-रंक सबै समान उसका वैशम्य गर्दैन त्यो

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।

काठमाडौँ, पौष २४ – विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।

नेपालको रसायनशास्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका प्राध्यापक डाक्टर छविलाल गजुरेलको ८२ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार तीनकुनेस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

सन् १९६३ देखि प्राध्यायपन गरेका प्राध्यापक गजुरेल सन् २००२ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागबाट सेवा निवृत्त भएका थिए । उनी रसायनशास्त्र विभागको सन् १९८४-१९८५ र १९८७ मा प्रमुखका रुपमा कार्यरत थिए ।

राष्ट्रिय शिक्षा समितिका तत्कालीन सदस्य सचिव समेत रहेका प्राध्यापक गजुरेलल सन् १९८०मा मदन पुरस्कार पाएका थिए । उनको पुस्तका ‘नेपालका परम्परागत प्रविधि’ले सन् १९८०मा मदन पुरस्कार पाएको थियो ।

प्राध्यापन पेसाबाट अवकाश भएपछि प्राध्यापक गजुरेलले रसायनशास्त्र विभागमा ‘प्राडा छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’को स्थापना गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमा लाग्न प्रेरित गरेका थिए ।

प्राध्यापक गजुरेलले तत्कालीन राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव हुँदा काठमाडौं बाहिर पनि कक्षा ११ र १२ पढाइ हुनुपर्छ भन्दै उच्च शिक्षा नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विभिन्न वैज्ञानिक एवं प्राज्ञिक संघसंस्थामा प्राध्यापक गजुरेलको संलग्नता रहेको थियो । प्राध्यापक गजुरेलले सन् १९७२ सालमा अमेरिकाबाट अर्गानिक केमेस्ट्रीमा विद्यावारिधी गरेर फर्किएका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा मुख्य लेखकको रुपमा उनका दुई दर्जनभन्दा बढी अनुसन्धनात्मक कृति प्रकासित छन् । यस्तै १७ वटा पुस्तक प्रकासित छन् । प्राध्यापक गजुरेल पछिल्लो समय आध्यात्मिक क्षेत्रमा लागेका थिए । उनको सन् २०२० मा अध्यात्मसँग सम्बन्धित पुस्तक ‘इमोर्टल स्टोरिज’ प्रकासित थियो ।

प्राध्यापक गजुरलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए । नास्टको ‘ब्लू प्रिन्ट’ निर्माणमा प्राध्यापक गजुरेलको महत्वपूर्ण योगदान रहेको बताइन्छ ।कान्तिपुर

प्रतिकृया दिनुहोस्