सोमबार , अषोज १०, २०७९

८२ बर्षिय बृद्ध बुवा यसरी नातिनि किरिया बस्दै ,रुदै नातिनिलाई न्याय माग्दै (हेर्नुस् भिडियो )

पुष २४, २०७८ शनिबार 497

मोरङमा भएको एउटा रहस्यमय घ टना जो कमला आचार्य आफ्नो मृ त्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन ।बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो ।

उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृ त्यु अझै झनझन रहस्यमय भएको परिवारले बताउँछदै आएको छ ।

परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृ त्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ । कमलाको साथबाट झोला ,मोबाइल र डायरि बरामत भएको छ । प्रत्यक्षदर्शी बताउँछन् कि उनिले आफुलाई के भएको नबताएको र निको भएपछि मात्रै बताउने भनेपछि आफुहरुले पनि मद्दत गर्न नसकेको तर पानी ,फ्रुटिहरु भने ख्वाएको उनिहरु बताउँछन् ।

अहिले भने कमलाको बुवा आमा मिडियामा आएका छन् र घ टना एकदमै रहस्यमय भएको र कसैको हात भएको उक्त परिवार बताउँछ । कमला माउल जान्छु भन्दै हिडेकि थिइन तर माउल गइनन् र दुइदिन बेपत्ता भइन कहाँ गइन कसैलाई खबर भएन र तेस्रो दिन मात्रै यसरी भेटिएको बुवा बताउँछन् ।आफ्नो छोरिले भिडियो खिच्नेले भनेअनुसार कुनै पनि खालको नशा प्रयोग गर्दै नगरेको र उनी अध्यन मात्रै गरिरहने र त्यस्तो नचाहिने केही पनि र कहिलेपनि छोरिले नगरेको भन्दै प्रष्ट्याउछन् ।घ टना उपर निश्पक्षिय छानबिन गरि दोषि उपर कार्वाहि हुनुपर्ने परिवार माग गर्दछ ।

अहिले दुर्गा रिजाल आफ्ना केही प्रमाणसहित मिडियामा आएकि छिन् । दुर्गा जो कमलासगै सिचाइ तालिममा गएकि थिइन र नाताले दिदी पर्छिन् ।तालिममा गएकि कमलालाई अन्तिमपटक दिदी दुर्गाले त्यहिको सरसग छोडेकि थिइन ।सरले कमलालाइ कहिलेकाही घरमा छोड्दिने पुर्याउने गर्थे र त्यो छुट्टिने दिन पनि सरसगै कमलालाई दुर्गाले छोडेकि थिइन । आफुलाई मिन्स भएको र आफ्नो पेट अत्याधिक दुख्ने कमलाले बताएपछि घरै जान्छु सरसग भनेसगै दुर्गाले कमलालाई बिदा गरेकि थिइन ।

घ टना अझै यसरी पनि झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृ त्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अनलाईन देखिएको थियो र उनको म्यासेज र पोस्ट पनि डिलिट गरिएको दिदी बताउँछिन् ।

`आन्टि आन्टि मलाई बचाउनु ´ भन्दै ठुलो स्वरमा कमलाले दाउरा खोज्न गएका दुई दिदिबहिनीलाई देख्नसाथ भनेकि थिइन ।उनी जहाँ फेला परेकि थिइन त्यो ठाउँ जङ्गलको एकदमै भित्रतिर पर्छ र यो ठाउमा यस्तो अवस्थामा किन आयौ र कसरी आयौ त बहिनी भन्ने प्रश्नमा आफुलाई गाह्राे भएको र मनलागेर यहासम्म आएको कमलाले रुदै बताएकि थिइन ।आफ्नो महिनावारि पनि तीन महिनाबाट नभएको र अहिले भने हदैसम्म पेट दुखेको र महिनावारि पनि भएको उनले बताएकि थिइन। यशो भन्दै गर्दा उनले आफ्नो पेट निरन्तर निचोर्दै छट्पटाइरहेकि थिइन ।कसैले गलत गरेर यहाँ जङ्गलमा छोडिदिएको त हैन भन्ने स्थानियको प्रश्नमा त्यस्तो अन्यथा केही पनि नसोच्नु म त्यस्तो खालको मान्छे नभएको उनले बताएकि थिइन।

त्यस्पश्चात आफुलाई अत्याधिक तिर्खा लागेको कमलाले बताइन ।त्यस्पछि उनिलाई पानी र फ्रुटि ख्वाएको प्रत्यक्षदर्शी दिदिले बताइन । कमलालाई बारम्बार आखिर कसरी यस्तो भयो तिमिलाई के भयो कस्ले यस्तो गर्यो कि भन्ने प्रश्नमा आफुलाई निको बनाइदिनु र सन्चो हुनसाथ सबै भन्ने उनले बताएकि थिइन ।कमलालाई केही सेवन गरेको छौ भन्ने प्रश्नमा आफुले केही पनि त्यस्तो नखाएको उनले बताएकि थिईन।आफू आन्टिसग बस्दै आएको घर तेह्रथुम भएको र कृषिमा अध्ययन गर्दै गरेको पनि उनले बताएकि थिइन।बारम्बार आफुलाई पि साब लागेको भन्दैगर्दा उनिलाई चार पटकसम्म पि साब फेराइएको थियो। यशैक्रममा कमलालाई अन्ततः केही समय पश्चात् अस्पताल लगिएको थियो तर उनको दुखद नि धन भएसगै हामी सबै स्तब्ध भएका छौ । उनी भर्खरै कोपिला जस्तै थिइन सानि तर फक्रिन नपाउदै उनी भगवानको प्यारो भइन । तिम्रो आत्माले शान्ति पाओस् बहिनी ।

अहिले भने बिदेशि भुमिबाट नै कमलाका बुवा सम्पर्कमा आएर आफ्नो छोरिलाई योजनाबद्ध ढंगमा मा रेको यात अपहर ण गरि यस्तो बनाई छोडेको र आफ्नो छोरी त्यस्तो नराम्रो कहिले पनि नगरेने भएसगै उक्त घटनाको छानबिन गरि दोष उपर कार्वाहि गरिनुपर्ने माग गर्छन् ।

यशोबिचमा अहिले भने कमलाको मोबाइलको जाँच गर्दै गर्दा १३० पटकसम्म उनको फोनमा कल आएको भेटिएको छ । आखिर त्यो कमलाको अन्तिम घडिमा यसरी यति धेरै फोन गर्ने ती व्यक्ति को भएको भन्ने बिषय उपर छानबिन भइरहेको जानकारी छ ।यति मात्रै हैन कमलाले आफुलाई रातको १२ बजे अदृश्य ढंगबाट तर्काएको समेत भनेकि थिइन ।यति भन्दै गर्दा उनिलाई एकदमै धेरै असहज भैसकेको थियो र अन्तिम समयसम्म पनि आफुले सबै बास्तबिकता बताउने भन्दै गर्दा कमालेले भन्ने सामर्थ नै राख्न सकिनन् ।

अहिले भने मिडिया कमलाको घर खोटाङसम्म पुगेको छ । आमा अचेत अवस्थामा हुनुहुन्छ । आमाका आखाभरि आशुहरु थिए आफ्नो छोरिले भाईलाई पढाउछु आफू पढ्छु भन्दै गएकि थिइ ,कमला आफ्नो भगवान जस्तो छोरी भएको र फेसबुकसम्म पनि नचलाउने आमा रुदै बताउँछिन् ।आफ्नो छोरिलाई त्यसरि त्यत्रो जंगलमा कसरी लगियो र यो सबै नियोजित भएको भन्दै आमा डाको छोडेर रुन्छिन् ।

यशैबिचमा अहिले शिक्षक जस्ले कमलालाई बेलाबेला घर ल्याने छोड्ने गरेको र कमलाको अन्तिम घडिमा पनि कमलालाई बसपार्कसम्म लगेर छोडेको कुरो सार्वजनिक भैसकेपछि बास्तबिकता के हो र आखिर भएको के हो त्यो सबै जान्न भन्दै मिडिया तिनै शिक्षकसग पुगेको छ ।

रबिन सुवेदी कमलाको शिक्षक हुन । कमला बालि बिज्ञान अन्तर्गत कृषि क्षेत्रमा अध्ययन गर्दै थिइन ।११ र १२ सकिएपश्चात ६ महिने ओजेटि तालिम अन्तर्गत सुन्दरहरैचा नगरपालिकामा आफुहरुले कमलालाई पठाएको उनले बताए ।त्यहि तालिमको अन्तिम समयमा शुक्रबार ,शनिबार र आइतबार सुन्दरहरैचाभन्दा अलिक भित्र गाउमा सिचाइ तालिममा शुक्रबार र शनिवार उपस्थित भएको र शनिवार बेलुका कृषि शाखाकै सर फडिन्द्रले बिराटचौकको पश्चिम बस स्टेनमा आफुले कमलालाई छोडिदिएको उनले बताएका थिए ।

त्यशपश्चात आइतबार कमला तालिममा नआएपछि उनको खोजि गर्दै उनिलाई सम्पर्क गर्न खोज्दा नभएपछि सोमबार भने कमला जंगलको बिचमा कठोर अवस्थामा आफुले पनि सामाजिक संजाल अन्तर्गतनै थाहा पाएको उनी बताउँछन् ।र आफुसग पनि यतिमात्रै प्रमाण भएको उनले बताए ।

अहिले भने कक्षा १ बाट १२ सम्म सगै बस्दै र पढ्दै आएका साथिहरु मिडियामा आएका छन् । कमला त्यस्तो गलत केही पनि गर्ने मान्छे नै नभएको र आफुहरुलाई मोबाइल सम्म चलाउनत के बोल्न पनि फुर्सद नहुने र पढाईमै आफुहरु व्यस्त रहने गरेको साथिले बताइन । कमलमले बि ष खाएको आफुले कतेहि पनि स्विकार्ननै नसक्ने र पाठेघर झरेको भनियो तर मिन्स हुदैन १८-१९ बर्षको केटिलाई त्यस्तो हुनै नसक्ने उनिहरु बताउँछन् । त्यति मात्रै हैन बिराटचौकसम्म कमलालाई छोडिदिने सरले बास्तवमा त्यहानै छोडेको कुनै पनि प्रमाण नभएको र बिराटचौकमा छोडेपछिको कुनै पनि खबर आफू समक्ष अहिलेसम्म सार्वजनिक नभएसगै सर तर्फनै शंका गएको उनिहरु बताउँछन् । त्यति मात्रै हैन कमला कसैले जाम भन्दैमा कहिले पनि कसैको बाइकमा नचढ्ने स्वभावकि भएको तर त्यहि सरकोमै आखिर किन चढि भन्ने कुरासगै आफुहरुलाइ शंका सरमाथि लागेको उनिहरु बताउँछन् ।ती साथिहरुले बुझेर भने या नबुझि भने यात केटाकेटी मस्तिष्कले भने तर छानबिनको दायरामा उहालाई पनि ल्याउनुपर्नेमा उक्त परिवार सगै प्रत्यक्षदर्शि ,छरछिमेकहरु ,साथिहरु माग गर्दछन् ।

उक्त घ टना झनझनै रहस्यमय बन्दै गर्दा कमलाले कालो सुचिमा राखेका नम्बर उपर सम्पर्क गर्दैगर्दा कोहि आफ्नै सर भेटिए त कोहि सरकारि जागिरे भेटिए । मिडियाबाट सबै व्यक्तिहरुनै पन्छिन खोजेको हाम्रो बुझाइ छ ।सबै ती व्यक्तिहरुलाई सम्पर्कमा ल्याएर छानबिनको प्रकृया र कल डिटेल निकालेर सत्य तथ्य सार्वजनिक गरिदिन सम्बन्धित निकाए उपर परिवार साथिभाई आफन्त जोडदार माग गर्दछ ।

यो कहालिलाग्दो दृष्य हो खोटाङ जिल्ला दिक्तेल मजुवागढिको । १९ बर्षिय नातिनि कमलाले अल्पआयुमानै ज्यान गुमाएकि छिन् र उनको मृ त्यु रहस्यमय बन्दै गएको छ ।यता डाढा पारिका घाम भएका ८२ बर्षिय बृद्ध हजुरबुवा आफ्नो स्वास्थ्य र शरिरले साथ नदिएपनि आफ्नो नातिनिको हिन्दु संस्कार अनुरुपनै काजकिरिया गर्नुहुदैछ ।मलाई आफ्नो पिर छैन मेरा नातिनिको मुक्तिका लागि म बसेको हु तर आफ्नो नातिनिले र पिडित परिवारले न्याय पाउनुपर्छ भन्दै हजुरबुवा आखाभरि आँसु पार्नुहुन्छ ।

हेर्नुस् थप भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्