आइतबार , जेठ ८, २०७९

अत्यधिक जाडोमा चिनियाँ सेनाको प्रशिक्षण, पसिना निस्कँदा बरफ बन्यो! (भिडिओ)

पुष २३, २०७८ शुक्रबार 268

अत्यधिक जाडोमा चिनियाँ सेनाको प्रशिक्षण, पसिना निस्कँदा बरफ बन्यो! (भिडिओ)

बेइजिङ। चिनियाँ जनमुक्ति सेनाले अत्यधिक जाडोमा प्रशिक्षण गर्दा उनीहरुको शरिरबाट निस्किएको पसिना बरफ बनेको पिपुल्स डेलीले जनाएको छ।

चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको पिपुल्स डेलीले एक भिडिओ सार्वजनिक गरेको छ जहाँ सेनाको कपालमा बरफ देख्न सकिन्छ।

पत्रिकाका अनुसार सो बरफ सेनाको शरीरबाट निस्किएको पसिना हो। अत्यधिक जाडोमा अभ्यास गर्दा झरेको पसिना बरफ बनेको दाबी गरिएको छ।

चिनियाँ सेना निकै मिहिनेती र शक्तिशाली छन् भनेर सो भिडिओमा देखाउन खोजिएको छ। तर भिडिओलाई विश्वभरका सामाजिक संजाल प्रयोगकर्ताले ‘फेक’ भनेका छन्।

त्यहाँ बरफ निकै लामोलामो देखिएको छ। कयौं व्यक्तिहरुले सो बरफ नक्कली भएको र चीन आफ्नो सेनाबारे बढाई चढाई गरेर बताइरहेको भन्दै प्रतिक्रिया जनाएका छन्।

(भिडिओ)

प्रतिकृया दिनुहोस्