बुधबार , अषोज १२, २०७९

अ’प’हरण’मा परेको ३० वर्षपछि आमासँगको पुनर्मिलन

पुष २२, २०७८ बिहिबार 350

अ’पह’रण’मा परेको ३० वर्षपछि एक चिनियाँ पुरुषले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका छन् ।

ली जिङ्वी आफ्नो घरबाट चो रि एर बे चिँ दा चार वर्षका मात्र थिए । डिसेम्बर २४ तारिखमा उनले आफूले कोरेको नक्सा भिडिओ एप डोउयीनमा राखे जसलाई प्रहरीले उनको गाउँ र आमा भे ट्टाउन सघाएकाे बीबीसीले जनाएकाे छ ।

‘यो मेरो घर भएको ठाउँको नक्सा हो जुन मैले आफ्नो स्मृति बाट बनाएको हुँ’, उनले गाउँको खेस्रा कोरेको कागज देखाउँदै भनेका छन् ।

उनले लेखेका छन्, ‘३० वर्षको प्र तीक्षा, व्य ग्रताका अनगिन्ती रात र अन्ततः सम्झनाको आधारमा हातले कोरेको नक्सा ।’ आमासँग पुनर्मिलनअघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यवाद दिएका छन् ।

ली युनान प्रान्तको एउटा दक्षिण–पश्चिमी सहरबाट सन् १९८९ मा १ हजार ८ सय किलोमिटर टाढा बे चि एका थिए ।

यो पनि पढ्नुहोस्, कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष वायुसेवा कम्पनीहरूका लागि अविश्वसनीय रूपमा गाह्रो साबित भएको छ । महामारीको प्रभावका कारण हवाई यात्रामा २०२१ मा पनि गिरावट जारी रह्यो । पहिलो पटक कोरोना बारे विश्वको ध्यानाकर्षण भएको दुई वर्ष बितिसक्दा आकाशमा उडान र यात्रुको सङ्ख्या निकै गिरावट आएको छ ।

यसै प्रसंगमा एयरलाइन्स सुरक्षा र उत्पादन बारे समीक्षा गर्ने वेबसाइट AirlineRatings.com ले विश्वको सबैभन्दा सुरक्षित एयरलाइन्सको वार्षिक सूची सार्बजनिक गरेको छ । यस वेभसाइटले जसले विश्वभरका ३८५ एयरलाइन्सलाई निगरानी गर्ने गरेको बताएको छ । यसले एयरलाइन्सको दुर्घटना र गम्भीर घटनाहरूको रेकर्ड, तिनीहरूको विमानको उमेर, साथै कोभिड- 19 प्रोटोकल र परिचालन बारे पनि विश्लेषण गर्ने गरेको छ ।

यस वर्ष, एयर न्यूजील्याण्ड सुरक्षित एयरलाइन्सको सूचीमा शीर्ष स्थानमा आएको छ । न्यूजील्याण्डको लागि ध्वजवाहक एयरलाइनलाई ‘उत्कृष्ट घटना रेकर्ड, ककपिट आविष्कारहरूको संख्या, पाइलट प्रशिक्षण र धेरै कम फ्लीट समयका कारण” पहिलो स्थानमा पुरस्कृत गरिएको एयरलाइन रेटिंगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्