बिहिबार , माघ १३, २०७८

गायक राजेश पायल राईमाथि आ’क्रम’ण गर्ने युवकले मागे माफी

पुष २२, २०७८ बिहिबार 100

काठमाडौं । चर्चित गायक राजेश पायल राईमाथि भएको दु’र्व्य’व’हा’रपछिको वि’वाद साम्य भएको छ । गायक राईमाथि आ’क्र’म’ण गर्ने दावा पासाङ शेर्पाले माफि मागेसँगै उक्त विषय साम्य भएको हो ।

जनवारी दुई अर्थात आइतबार अमेरिकास्थित न्यूयोर्कमा पञ्च भलादमीसहितको उपस्थितमा शेर्पाले गायक राईलाई एक बोतल रक्सी राखेर क्षमा मागेका थिए ।

किरात समुदायको परम्परागत संस्कार अनुसार कसैले गल्ती गरे समाज (पञ्च)सामू एक वोतल र’क्सी रा’खेर (माफि माग्नु) ढोगवेद गरे मेलमिलाप हुने अर्थात क्षमा दिने गरिन्छ । जसलाई किरात समुदायमा ‘शिर उठाउने’ भनिन्छ ।

गायक राईमाथि प्रस्तुति दिँदै गर्दा स्टेजमै आ’क्र’म’ण गरिएपछि उक्त विषयले सामाजिक संजाल तथा सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको थियो ।

उक्त घटनप्रति संगीतसँग सम्बन्धित विभन्न संस्था तथा व्यक्तिहरुले घोर भत्र्सना गरेका थिए । उता आ’क्रम’णमा परेका राईले भने कुनै पनि नकारात्मक टिप्पणी गरेका थिएनन् ।

बरु उनले पछाडीबाट आएका अंगालोहरु स्वीकार्य रहेको । तर अगाडिबाट आएको ज्वालामुखी पनि निल्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

उक्त विषयमा आयोजकले भने शेर्पा राजेशको फ्यान भएकोले उनले अंगालो मा’रेको स्पष्टिकरण दिएको थियो ।

प्रतिकृया दिनुहोस्