बिहिबार , अषोज १३, २०७९

एक्ली सन्तान थिइन् रमा , परिवारका लागि छोरा उपहार दिएर सधैकालागि बिदा भईन् ( भिडियो हेर्नुहोस )

पुष २०, २०७८ मंगलबार 853

रमा कुमारी घिमिरे , जो अहिले यो संसारमा छैनिन् छ त केबल उनका यादहरू मात्र । ३० बर्षिय रमाले यो परिवारका लागि छोरा उपहार दिएर सधैकालागि यो दुनियाबाट बिदा भईन् । यहि पौष महिनाको ९ गते, रमाको कोखबाट एक शिशुको जन्म भयो र त्यसको ४ दिन पछि एक्कासी रमाको मृ”त्यु भयो । सामजिक टिकटक मार्फत जब मृत्युको खबर उनको श्रीमान दिपेश कार्की गराए, तब धेरै ब्यक्तिहरूले दुःख प्रकट गरे ।

आमाको मृ”त्युपछि त्यो नाबालक शिशुको हालत कस्तो होला जस्ले आफु यो धर्तीमा जन्मीएको ४ दिनमै आमा गुमाएको छ। ति मायालु श्रीमान, र 9 बर्षे बालक छोरा को अबस्था कस्तो होला जस्ले प्राण प्यारी श्रीमती र आमा गु’माएका छन् । सबै भन्दा त झन बुडेशकालको साहारा बन्छु भनेकी एक्ली सन्तान गुमा’एका ति जन्म दिने आमा बुवामा के बितेको होला ? यस्तै कुराहरूको चासो र चिन्तन यो घ’टनाले धेरैलाई गराएको छ ।

रमा र दिपेशको बिहे भएको बैशाक १३ गते १० बर्ष पुग्दै छ । यि हुन् ९ बर्षे दिक्सल कार्की , रमा र दिपेशको जेठो छोरा । रमाको चाहना थियो दुईवटा सन्तान जन्माउने र जेठो छोरालाई माईतीमा राखिदिने । आफु घरकी एक्की सन्तान भएको हिसाबले रमा माईतीको साहारा बन्न चाहन्थिन् । जेठो छोराको जन्म भैसकेपछि यतिका बर्ष सम्म दोस्रो गर्भ बसेकै थिएन । बल्ल तल्ल गर्भ बस्यो । दोस्रो सन्तानको स्वागतकालागि सबै खुशी थिए , तयार थिए ।

पौषको ९ गते छोराको जन्म भयो। १२ गते रमालाई हार्टअट्याक भयो र उनि यो संसारबाट सधै सधैकालागि बिदा भईन् । ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,

इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो, हार्दिक समबेदना व्यक्त गर्न चाहन्छौँ । उनको दिवंगत आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना पनि गर्दछौँ । माइतीमा अरु सन्तान कोहि नभएको हुनाले घर परिवारको सल्लाह अनुसार आफ्नो जेठो छोरा लाई माइतीमै राखेर पढाईलेखाई गरेकी रहेछिन।

रामलाई माइती बुबा आमाको धेरै नै चिन्ता थियो , आमा बुबाको साहारा बन्छु भनेकी रमा ले अहिले सबैलाई रुवाएर गईन। माइतीमा कोहि नभएपछि बिस्तारै रमा माइती मै बस्ने निर्णय पनि गरेकी थिइन्। आफ्नो श्रीमती को मृत्यु को खबर टिकटक मा सार्बजनिक भए लगत्तै रमा का श्रीमान मिडिया मा आएका छन्। रमाको जेठो छोरा ९ बर्ष को भएका रहेछन । दोर्सो सन्तान धेरै बर्ष को पर्तिक्षा पछि जन्मेको रहेछ तर पनि उनले आफ्नो काख मा धेरै नै राख्न पाईनन।

सबैकी प्यारी,मायालु रमा भगवान कि पनि प्यारी बनिन। रमाले मु’टुको औसधि खाने गर्दिरहेछिन , बिचमा उनले बच्चाको जन्म भैसकेपछि खान छोडेको श्रीमान को भनाई छ। रमा माइती कि पनि एक्लै सन्तान थिइन्। दाजु भाई ,दिदि बहिनि जे भने पनि उनि मात्र थिइन।पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्