आइतबार , जेठ ८, २०७९

पृथ्वीजयन्तीको दिन गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय !

पुष २०, २०७८ मंगलबार 163

गोरखा : पृथ्वीजयन्तीको दिनमा गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गोरखा नगरकार्यपालिकाको बैठकले पृथ्वी जयन्तीकाको अवसरमा आउँदो पुस २७ गते सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाको कार्यालयले पृथ्वी जयन्तीका दिन बिदा दिने जनाएको हो । ‘२०७८ पौष २७ गते मंगलबार यस नगरपालिकाका कार्यालय, वडा कार्यालयहरु, नगरपालिका अन्तरगत स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा १ दिन सार्वजनिक बिदा हुनेछ’, सो सूचनामा भनिएको छ । नगर कार्यपालिकाको आइतबार सम्पन्न बैठकले सो दिन बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान स्वरुप अघिल्ला वर्षहरुमा पनि गोरखा नगरपालिकाल सो दिनमा सार्वजनिक बिदा दिँदै आएको छ । सो दिन गोरखा संग्रहालयमा नगरपालिकाले औपचारिक कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्