बिहिबार , भाद्र २, २०७९

हिउँमा फसेका बाबुछोरा नभेटेपछि रित्तै फर्कियो हेलिकोप्टर

पुष १८, २०७८ आइतबार 417

ताप्लेजुङ- गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ ।

अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो ।

उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार पुनः प्रयास गर्नेगरी सुकेटारमै राखिने मिक्वाखोला गाउँपालिका-५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए ।

जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङ सिम्बुकका अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षका छोरा पासाङ लोदेन खर्क आसपासका उनीहरू चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका थिए ।

शनिबार बिहान टेलिफोन गरेर हेलिकोप्टरबाट आफूहरूको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । उहिले उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

यो पनि पढ्नुहोस्, इलाम- विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा भौँतारिन्छन् ।

वैदेशिक रोजगारीको कमाइ भइन्जेल फुर्मास गर्ने र पैसा सकिएपछि फेरि विदेशीभूमि चाहर्नेको संख्या कम हुन सकेको छैन । तर, इलामका केही युवा भने वैदेशिक रोजगारीबाट फर्किएपछि मुलुकमा नै स्वरोजगार बन्न थालेका छन् । यस्तै मध्येका एक हुन् इलाम माई नगरपालिका–८ का सविन राई ।

उनी सात वर्षको वैदेशिक रोजगारीबाट फर्किएर बंगुर पालनमा लागेका छन् । वैदेशिक रोजगारीको क्रममा बिरामी परेका राई बिदामा घर आएका थिए । विदेशबाट आउँदा उनले खासै पैसा ल्याउन सकेनन्, अलिअलि भएको पैसा पनि उपचारमा खर्च भयो ।

प्रतिकृया दिनुहोस्