बिहिबार , भाद्र २, २०७९

‘राइज किङ’ राजेशपायल राईमाथि हातपात भएको होइन, फ्यानले अंगालो हालेका हुन् : आयोजक

पुष १८, २०७८ आइतबार 442

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा भर्सटाइल गायक राजेशपायल राई ‘राइज किङ’ माथि हातपात नभएको आयोजकले स्पष्टीकरण दिएको छ ।

बुद्ध ट्याक्स एण्ड अकाउन्टिङका पशुपति श्रेष्ठले फ्यानले बारम्बार भेट्न खोज्दा पनि सुरक्षाकर्मीले नदिँदा झुक्याएर स्टेजमा गएर गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हाल्दा हातपात गरेजस्तो देखिएको बताए ।

उनले भने, ‘पछाडिबाट अंगालो हाल्दा हातपात भएको भन्ने सत्यता होइन । उहाँ (गायक राजेशपायल राई) लाई सुरक्षाकर्मीले कसैलाई माथि उक्लिन नदिँदा युवक उक्लिएका थिए ।’

आयोजक श्रेष्ठले गायक राईलाई केही नभएको र कसैले त्यस्तो नकारात्मक नसोचिदिन आग्रह गरेका छन् । लाखौँ दर्शकको मन मुटुमा बसेका गायक राई सबैको प्यारो भएको पनि उनले बताए ।

त्यसो त फ्याले आफूलाई पछाडिबाट अचम्म तरिकाले आफूलई अंगालो हालेपछि गायक राईले भनेका छन्, ‘अगाडिबाट आए ज्वालामुखी पनि पचाउँछु तर, पछाडिबाट आउनेलाई स्वागत अनि माया ।’

प्रतिकृया दिनुहोस्