आइतबार , जेठ ८, २०७९

खुसीको खबर ! अनिता खड्काको अ’प्रेसन सफल भयो, अब अनिता बोल्न सक्छिन् (भिडियो हेर्नुस)

पुष १७, २०७८ शनिबार 229

करिव दुई वर्ष अघिबाट बिरामी भएर बोल्न तथा हिँडडुल गर्न नसक्ने अनिता खड्काको अहिले सफल अप्रेसन भएको छ । काठमाडौको टिचिङ अस्पतालमा उनको सफल अप्रेसन भएको हो । निकै लामो समयदेखी उनी ओछ्यान परिरहेकी थिइन् । उनको स्वास्थको कामना गर्दै थुप्रैले प्रार्थना गरिरहेका थिए । सफल अप्रेसन भएता पनि अझै केही दिन उनको अवस्था जटिल नै रहने उनको उपचारमा खटिएका डाक्टरहरुले बताएको अनिताका श्रीमान बिनोदको भनाई छ ।

उनी बिरामी भए देखि नै उनको अवस्थाको बारेमा टिकटकमा धेरैले थाहा पाएका थिए । उनको टिकटक आइडिबाट उनको अवस्था देखेर थुप्रैले उनको स्वास्थ्य लाभको कामना गरेका छन । करिव १ महिना अघि टिचिङ अस्पतालबाट अनिताको अप्रेसन हुने जानकारी आएको थियो । अहिले उनलाई चिन्ने र टिकटकमा उनलाई मनपराउने सबै दर्शकले उनको बोली सुन्न आतुर रहेको भन्दै अनिता चाडै निको भएर टिकटकमा उनको बोली सुन्न आतुर भएको भने प्रतिक्रिया दिएका थिए ।

अनिताका श्रीमान बिनोदले सम्पुर्ण श्रोताको उक्त भनाई अब केही दिनभित्र मै पूरा हुनसक्ने बताएका छन । अनिताको हेरचाह गर्दै आएकी राधाको बारेमा पनि धेरैले टिप्पणी गरेका थिए । टिकटकमा अनिता सगैँ देखिने राधा अनिताकी आमाजु हुन । उनले अनिता बिरामी भएदेखी नै निरन्तर उनको हेरचाह गर्दै आएकी छिन ।

एउटि बुहारिलाई त्यो अवस्थामा हुदा पनि त्यति धेरै हेरचाह गरेको भन्दै उनको धेरैले प्रशंसा गरेका थिए । अब अनिता आफै बोल्न सक्ने र आफ्नो हेरचाह आफै गर्न सक्ने हुन्छिन भन्ने आफुलाई आश भएको बिनोदले बताए ।

अनिताकी एक छोरी पनि छिन । पौष १५ गते अनिताका श्रीमान बिनोदको जन्मदिन पनि हो । आफ्नो जन्मदिनमा अनिताको सफल अप्रेसन भएकोले आफुलाई यो भन्दा ठूलो उपहार जीवनमा केही नहुने भन्दै आफ्नो जन्मदिनको उपहार आफुले कहिले पनि भुल्न नसक्ने पाएको बताएका छन । अप्रेसन पछि अहिले अनितालाई भेन्टिलेटरमा राखिएको छ । तर पनि अवस्था भने राम्रो भएको बिनोदले बताए । अब केही दिन अवस्था जटिल नै हुने डाक्टरहरु भनाइ रहेको बिनोदले जानकारी दिएका छन ।

अबको २/३ दिन भित्रमा अनिता बोल्न सक्ने र सबैको सामु उपस्थित हुने आफुलाई आश रहेको बिनोदको भनाई छ । सम्पुर्ण दर्शकहरुको चाहाना अब केही दिनमा पूरा हुने उनको भनाई छ । अनिताको उपचारका लागि सहयोग गरिदिनु हुने सम्पुर्ण सहयोगी दाताहरुलाई पनि उनले धन्यवाद दिएका छन ।

तपाइहरुकै सहयोगले अब अनिता छिटै निको भएर आउने भन्दै बिनोदले आफुलाई पनि धेरै खुशी दिनु भएको बताएका छन । साथै अनिताको स्वास्थ्य लाभको कामना गर्ने सम्पुर्ण दर्शकलाई पनि उनले धन्यवाद दिएका छन । अब छिटै अनिताको बोली सुन्न पाउने उनले बताए । (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्