आइतबार , जेठ ८, २०७९

भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसकेपछि काठमाण्डौ आएका आठ वटा जहाज आकाशमा घुम्दै

पुष १६, २०७८ शुक्रबार 271

काठमाडौं, १६ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सुका कारण अवतरण हुन नसकेपछि कुवेत, दुवै, र दोहाबाट आएका आठ वटा जहाज आकाशमै घुमिरहेका छन् ।

कुवेतबाट आएको जजिरा एयरलाइन्स र दोहाबाट आएको हिमालय एयरलाइन्स र वायू सेवा निगमनको जहाज सिमरामाथिको आकाशमा घुमिरहेका हुन् । जजिराको जहाजले आकाशमा २० पटक भन्दा धेरै फन्को लगाइसकेका छन् । हुस्सु नहटेसम्म जहाज अवतरण हुन नसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानैदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

हुस्सु हटेलगत्तै विमानस्थलबाट उडान र अवतरण नियमित हुने विमानस्थलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्