शनिबार , साउन २८, २०७९

पूर्वयुवराज पारस शाहको आज जन्मदिन, कति बर्ष पुगे ?

पुष १५, २०७८ बिहिबार 634

काठमाडौं – पूर्वयुवराज पारस शाहको आज जन्मदिन । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्य लक्ष्मीदेवि शाहका छोरा पारसको २०२८ पुष १५ गते जन्म भएको हो ।

पारसले आज आफ्नो ५० औं जन्मदिन मनाउदैछन् । केही बर्षदेखि निर्मल निवास प्रवेश नपाएका उनी देशको विभिन्न ठाउँमा घुमघाममा नै व्यस्त हुने गर्छन् ।

२०५८ सालको दरबार हत्याकाण्डमा तत्कालिन राजा बीरेन्द्र शाहको निधन भएपछि पूर्व राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए। उनलाई २०५८ कार्तिक १० विजया दशमीका दिन नेपाल अधिराज्यको श्री ५ युवराजधिराज घोषित गरिएको थियो।

पारसको विवाह हिमानी राज्यलक्ष्मी देवी शाहसँग २०५६ साल माघ भएको थियो। उनका छोरा हृदयेन्द्र शाह र छोरीहरू पूर्णिका शाह, कृतिका शाह रहेका छन् ।

प्रतिकृया दिनुहोस्