बुधबार , अषोज १२, २०७९

चर्चित र्‍यापर आशिष राणा ‘लाउरे’ पोखराबाट प’क्राउ

पुष १५, २०७८ बिहिबार 596

चर्चित र्‍यापर आशिष राणा ‘लाउरे’ पोखराबाट प’क्राउ परेका छन् ।

बु’धबार राति पोखरा’को न्युरोड’बाट ला गू’औ’षध ब्रा’उ’नसु’गर कि’न्न लागेको अवस्थामा उनलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले इकान्तिपुरलाई जानकारी दिए ।

‘लाउरेलाई ब्रा’उन सु’गर ख’रि’दबि’क्री गर्न लागेको अव’स्था”मा न्यु’रोड’बाट प’क्राउ ग’रेका हौँ,’ एसपी थापाले भने, ‘उनलाई अ’दालत’बाट म्याद लि’एर मु’द्दा प्र’क्रिया तथा अनु’सन्धान अगा’डि बढाउने छौँ ।’

यो पनि पढ्नुहोस् , के तपाई बिदाको समयमा विदेश घुम्न जाने योजनामा हुनुहुन्छ ? विदेश घुम्न जानेहरुका लागि नयाँ नियम लागू भएको छ ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विदेश जानेहरुका लागि नयाँ नियम लागू गरेको हो । बैंकले विदेशी मुद्रामा कडाई गर्दै दुई पटक मात्र सटही सुविधा दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले भारतबाहेकका विदेशी राष्ट्रमा पर्यटक भिसामा घुम्न जानको लागि राहदानीबापत सटही सुविधा दिने गरेको थियो । सो सटही सुविधा हरेकपटक १५ सय डलर दिने गरिएकोमा अब नयाँ निर्देशन जारी गरिएको छ ।

अब वर्षमा प्रति राहदानी दुई पटक मात्र सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै अब बर्षमा १५ सय डलरका दरले बढिमा दुई पटक मात्र सटही सुविधा उपलब्ध गराउन सर्कुलर जारी गरेको हो ।

यसअघि बर्षमा जति पटक भिसा लाग्यो, प्रत्येक पटक १५ सय डलरको सटही सुविधा पाइन्थ्यो। राष्ट्र बैंकले बिदेशी मुद्राको सञ्चिति घट्दै गएपछि यो सुविधामा कडाइ गरेको हो । कोरिया बाहेकका देशमा रोजगार भिसामा जानेलाई २०० डलर मात्र सटही सुविधा उपलब्ध गराउन थालेको छ । राष्ट्र बैंकले सटही सुविधा लिनेहरुको स्रोतको स्वघोषणा समेत गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्