सोमबार , अषोज १०, २०७९

अमेरिकाबाट सुटुक्क नेपाल आएर आफ्ना प्रेमीसंग रमाउँदै शृङ्खला, भिडियो बन्यो भाइरल (भिडियो हेर्नुस्)

पुष १२, २०७८ सोमबार 633

काठमाडौ । अमेरिकामा अध्ययनरत पूर्वमिस नेपाल श्रृंखला खतिवडा अहिले नेपाल नै फर्किसकेको खुल्न आएको छ ।

तीन महिनामा नै उनी काठमाडौ आइपुगेकी छिन् । उनको कलेजमा क्रिसमस बिदा भएकाले यही विदाको मौकामा उनी यसै साता काठमाडौं आइपुगेकी हुन्।

हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत श्रृंखला केही दिनअघि नै नेपाल आइपुगेकी हुन्। तर बिहीबार हजुरबुबाको पुस्तक विमोचन कार्यक्रममा देखिएपछि मात्र उनी आएको कुरा सार्वजनिक भएको हो।

यसै क्रममा बिहीबार उनले प्रेमी सिसन बानियाँसग डिनर डेटका केही तस्बिर इन्स्टाग्राममा राखेकी छन्। ​

श्रृंखला र सिसन केही वर्षदेखि सम्बन्धमा रहे पनि उनीहरूले सार्वजनिक रूपमा स्वीकार गरेका छैनन्। तर प्रस्तुत तस्बिरले उनीहरूको सम्बन्ध प्रस्ट पारेको छ।

अधिकांशलेपनि सिसन बानियाँ उनको प्रेम रहेको आशंका गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्