बिहिबार , भाद्र २, २०७९

प्रहरी भ्यानको ठ क्क र वाट ब्यवसायीको मृत्यु, सर्लाहीमा त’नाव

पुष १२, २०७८ सोमबार 408

काठमाडौ । सर्लाहीमा प्रहरीको भ्यानले एक जना ब्यवसायीलाई ठ क्क र दिएको छ । दुर्घटनामा ति ब्यवसायीको मृत्यु भयो । घटना पछि स्थानियले विरोध प्रदर्शन गरेका छन् । जसका कारण सर्लाहीको वयलवास वजार त’नाव ग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ईश्वरपुरको भ्यानले ठ क्क र दिँदा ईश्वरपुर नगरपालिका–५ का स्थानीय व्यापारी रामकुमार महतोको निधन भएको हो ।

स्थानीय व्यापारीको प्रदर्शनका कारण बजार पूर्ण रूपमा ठप्प भएको छ । अहिले बजार क्षेत्रमा गाडी चलेका छैनन् । प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । ईश्वरपुर नगरपालिका ६ बयलवास बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर घर जाँदै गर्दा प्रहरीको भ्यानले ठ क्क र दिएको थियो । आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर ज्या न ग एपछि मात्र जानकारी दिएको स्थानीय व्यापारीको आरोप छ ।

घटना राति भए पनि परिवारलाई आज सोमवार बिहान मात्र जानकारी दिइएको थियो । आफैँ संलग्न भएपछि प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै स्थानीय व्यापारीले उद्योग वाणिज्य सङ्घ ईश्वरपुरको आयोजनामा बजार बन्द गर्दै इलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्