बिहिबार , भाद्र २, २०७९

सप्तरीमा लगातार यस्ता घटना, फेरी अर्की महिला हेर्नै नसकिने अवस्थामा भेटिइन्

पुष १२, २०७८ सोमबार 389

सप्तरी । सप्तरीमा लगातार हेर्न नसकिने अवस्थामा शव फेला पर्न थालेका छन् । एक महिनाकै अन्तरालमा दुई जनाको वि भ त्स घटना भएपछि स्थानिय डराएका छन् । एक महिना अघि एक महिलाको श व फेला परेको घटना सेलाउन नपाउँदै फेरी छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा एक महिला मृ त भेटिएकी छिन् ।

घरबाट खरानी लिएर खेतमा हाल्न गएकी ५२ वर्षीया भुटनिदेवी यादवको श व हेर्न नसकिने अवस्थामा फेला परेको छ । उनी बेलुका घरबाट गहुँ खेतमा खरानी हाल्न गएकी यादव राति अबेरसम्म नफर्किए पछि खोजी सुरु गरिएको थियो ।

बिहान हेर्न नसकिने अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनास्थलमा तीन वटा बि य रको बोतल समेत भेटिएको छ । तीन वटामध्ये दुईवटा बोतल फु टे को छ । यादवले नाकमा लगाएको फूलीसहित अन्य गरगहना पनि लु टि एको परिवारले बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । छिन्नमस्ता गाउँपालिकामा एक महिनाकै अन्तरालमा दुई जनाको यस्तै घटना भएको छ । यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीमा एक जना वृद्धको पनि शव फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्