बिहिबार , जेठ ५, २०७९

यस्तो अवस्थामा गर्भ बसे रोगी, अन्ध, अपाङ्ग नपुङ्सक सन्तति पनि जन्मिन सक्छन्

पुष १०, २०७८ शनिबार 396

पृथ्वी, अन्तरिक्ष र द्युलोकसम्बद्ध दैवी, आध्यात्मिक र भौतिक वातावरण अनुकूल रही ग्रह, नक्षत्र र लग्न राम्रो भएको; बस्ने घर, कोठा र सुत्ने बिछ्यौनासमेत सेतोले सुसज्जित भएको : पलङलाई सेतो चाँदीले मोडिएको; सेता सुगन्धित पुष्पमाला र श्रीखण्ड चन्दनको बास्ना चलेको; पञ्चपल्लव, पञ्चरत्न, पञ्चामृत, सर्वौषधि, कुश र दुबोसमेत राखेको कलश जलले अभिषेक गरिएको; शुद्ध गाईको घिउमा मधुरो बत्ती बलिरहेको: अष्ट सुगन्धको बास्नाले सारा वातावरण मगमग भएको;

वरिपरिको वातावरण स्वच्छ र सुमधुर भएको; सेता साँढे, सेता घोडा, सेतो सस्र्यूँ र दहीसमेत नजिकै राखिएको; सेता भाले परेवाले हावा दिइरहेको; सुसन्तति गराउने कामराग, सामसङ्गीत र स्वस्तिवाचनको क्यासेट सुमधुर स्वरमा गुञ्जिरहेको; दुवै दम्पतिको मन प्रसन्न भएको; उल्कापात, ग्रहण, श्राद्ध, पर्वदिन (औंसी, सङ्क्रान्ति) नपरेको; शुभरात्रिमा वैदिक मन्त्रद्वारा बाह्यरति (स्प’र्श, चु’म्बन र म’र्दन आदि) पूरा गरेर चन्द्रअनुकूल हुने गरी मुस्कुराएकी धर्मपत्नीसँग मुस्कुराएको युवाले ग’र्भाधा’न गर्दा चाहेजस्तै, भनेजस्तै र खोजेजस्तै सुसन्तति जन्मिने गर्भ रहन्छ भन्ने ठम्याइ धर्म–विज्ञान, आयुर्विज्ञान र ज्योतिर्विज्ञानको रहेको छ ।

ऋतुस्नाताले सहवास गर्दा डराई आँखा चिम्लेमा धृतराष्ट्रजस्तो नेत्रहीन, डराएर फुस्रो अनुहार लगाएमा पाण्डुजस्तो रोगी र प्रसन्न मुद्रा भएमा विदुरजस्तो ज्ञानी सन्तान जन्मिन्छ भन्ने कुरा महाभारतबाट स्पष्ट हुन्छ । ज’बर्ज’स्ती अ’नैच्छि’क कर णी, अत्यन्त अप्रसन्न अवस्थामा गरिने स’म्भो’ग र भँगेराको जस्तो यौ’नक्री’डाबा’ट रोगी, अन्ध, अपाङ्ग र क्षीण म’स्ति’ष्क भएका नपुङ्सक सन्तति पनि जन्मिन सक्छन् ।

सहवासका लागि कस्तो स्थान, आसन र समय उत्तम हो ?

सहवासका लागि एकान्त, शान्त र वरिपरि सुमधुर वातावरण भएको; बेली–चमेली–पारिजातका सुगन्धित पुष्पबगैचा भएको; सम्भव भएमा सुन्दर पोखरी र झरनासमेत भएको; वरिपरि बस्ने कुर्सी, टेबुल, घर र कोठासमेत सेतो कमेरे रङ्गले पोतिएको; तन्ना, तकिया र सिरकसमेत सेतै रहेको; वर र वधूले समेत श्रीखण्ड चन्दन वा अत्तर आदि सुगन्धित द्रव्य लेपन गरेको अत्यन्त मनोरम स्थान र वातावरण हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । यस्तो वातावरणमा पुरष र स्त्रीको कामेच्छालाई अझ बढाउने वा उद्दीपन गर्ने शक्ति हुन्छ ।

माथि बताइएको वातावरणमध्ये जे–जस्तो सम्भव हुन्छ, अधिकांश कुरा जुटेको परिवेशमा स्त्री उत्तानो आसनमा पल्टिनुपर्छ । त्यतिखेर हाँसो–ठट्टा र मजाकहरू गर्दै दुवै जना अत्यन्त प्रसन्न र हाँसिरहेको मुद्रामा हुनुपर्छ । खाना खाँदाबित्तिकै सम्भोगक्रिया गर्नु हुँदैन । पाचनयन्त्रले खाद्यपदार्थ पाचन गरी रसरक्तमा परिणत गर्ने सन्दर्भमा पुरुष शुक्रकीट प्रबल हुने रातको तेश्रो प्रहरमा ऋतु भएको सात दिनपछिको रज र पाठेघर शुद्ध भएको समयमा दुवैले बाह्यरति पूरा गरी कृष्णजस्तो छोरो जन्माउने मन भए कृष्णको स्वरूपलाई मनमा साकार पारेर, विष्णु वा राम भगवानजस्तो छोरो जन्माउने मन भए विष्णु वा राम भगवान्लाई झल्झली सम्झेर अनि शिवजीजस्तो छोरो जन्माउने इच्छा भए शिवजीको स्वरूप हृदयमा धारण गरेर वा अन्य कुनै प्रिय–प्रतीक सम्झेर गर्भाधान गर्नु ज्यादै राम्रो हुन्छ भनी धर्मविज्ञान, आयुर्विज्ञान र कामविज्ञानसम्बद्ध ग्रन्थमा प्रकाश पारिएको छ । मनुले चाहिं ऋतुस्नानको सोह्रौं रात्रिमा प्रसन्न मन भएका दम्पतिले गर्भाधान गर्नाले कुलदीपक छोरो जन्मन्छ भनेका छन् । अतः रज, पाठेघर र स्त्रीडिम्ब राम्रो हुने शुभ समयमा सहवास गर्नु उचित हुन्छ ।

प्रतिकृया दिनुहोस्