काठमाडौंको असनमा बिहान र बेलुका चिया बेचेर जीविका चलाउने उदयपुरकी २३ बर्षिय सरिता केसीको कथा १ दिनमै सामाजिक सन्जालमा भाईरल बन्यो । उनको कथा समेटिएको भिडियो यतिबेला युटुब ट्रेण्डिँग मा नेपाल को नम्बर १५ मा रहेको छ ।
त्रिचन्द्र कलेजमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरितालाई सबैले मेहेनती चेली भन्दै कमेन्ट र शेयर गरेर हौसला दिएका छन् । आफु पढ्न र भाईलाई पढाउन मेहेनत गर्ने सरिता चिया बेचेरै मासिक १ लाख जोगाउँछिन् । ।उनको सुन्दरताको पनि धेरैले तारिफ गरेका छन् । । मेहेनत गरेर खान पढेकै युवाले पनि कुनै लाज मान्नु हुँदैन भनेर आफ्नो उमेरका साथी भाईहरुलाई प्रेरणा बन्न खोजेकी सरिताको बारेमा केहि नकारात्मक प्रतिक्रियाहरु पनि आए । कतिले भाईरल हुनलाई यो सब गरेको बताउँदै उनलाई हतोत्साहित पनि बनाए । यसैबिच शिशिर भण्डारी चियावाली सरिताको घरमा पुगे ।
काठमाडौ.को असनमा चियावाली सरिता र उनको भाइृ सुरज उउटा सानो कोठामा बस्ने रहेछन् । चिटिक्क परेको कोठामा चिया बेचेर कमाएको पैसाले सरिताले फ्रिज, टिभी र दराज लगायतका सामानहरु जोडेकी रहिछन् । किचेनमा दुई वटा ग्याँस चुल्हो रहेछ । शिशिरले मिठो चिया खुवाउनुस त भन्दा सरिताले फ्रिजबाट एक पोका दुध झिकेर चिया बनाईन् । शिशिरले मिठो मानेर खाए । किचेनमै धेरै थर्मसहरु थिए । सरिताको भाईले दिदीको कामको तारिफ गरे र आफ्नो दिदी आफ्नो लागि भगवान भएको बताए । भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्