बिहिबार , माघ १३, २०७८

भोज खान गएका व्यक्ति विवाह भइरहेको घर नजिकैको गोठमा मृ’त फेला परेपछि…..

पुष ९, २०७८ शुक्रबार 131

सल्यान । सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको रहस्यमय मृत्यु भएपछि प्रहरीले वडाध्यक्ष सहित चार जनालाई पक्राउ गरेको छ । गत मङ्सिर २० गते दार्मा गाउँपालिका २ पाजाखोलाका ७० वर्षीय टेक बहादुर खत्री विवाह भइरहेको घर नजिकैको गोठमा मृत फेला परेका थिए ।

खत्रीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा उनको मृत्यु रहस्यमय भएको पाइएपछि वडाध्यक्ष डिल्ली बहादुर केसी, स्थानी ३६ वर्षीय राम बहादुर खत्री, ४७ वर्षीय कुल बहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका तीन जनाले वडाध्यक्षको नाम लिए पछि उनलाई अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।

मृतकका आफन्तले ह’त्या ग’रे’को भन्दै कि’टा’नी जा’हे’री दि’ए’पछि प्रहरीले तीन जनालाई मङ्सिर २७ गते पक्राउ गरेको थियो भने वडाध्यक्षलाई पुस ५ गते पक्राउ गरेको हो । मृतक खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट ल’डे’र मृ’त्यु भएको आफन्तले बताउँदै आएका छन् । प्रहरीले वडाध्यक्षले चलाउँदै आएको लु ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

चार जनाको अदालतबाट म्याद थपी अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा भएकाले ह’त्या वा मृत्यु भनेर भन्न नसकिने प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्