आज देखि विद्यालय देखि विश्वविद्यालयसम्मका सबै परीक्षा स्थगित

समाचार

काठमाडौं । सोमबारदेखि विद्यालय देखि विश्वविद्यालयसम्मका सबै परीक्षा स्थगित हुने भएको छ । आइतबार बसेको कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन ।

स्रोतका अनुसार एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो ।

तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको दर विद्यालय उमेर समुहका बालबालिकाहरुमा समेत उच्च रहेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले देश भरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २ सय सक्रिय संक्रमित र तराई मधेस तथा उपत्यकाकाका हकमा ५ सय बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *