यस्ता छन् कोलेस्टेरोल कमगर्ने २५ वटा प्राकृतिक उपायहरूः डा. हेमराज कोइराला

स्वास्थ्य जीवनशैली

डिसलिपिडिमिया अर्थात कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज हरेक बयस्क व्याक्तिको समस्या जस्तै भईसकेको छ।

हाम्रो रगतमा सयूक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल, ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाईन्छन्।

यी सबै रक्त चिल्लोको आआफ्नै स्वस्थ रक्त स्तर छ। यी चिल्लोहरूको रक्त स्तर स्वासथ्यमा प्रतिकुल असर पर्नेगरि बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डीसलिपिडीमिया भनिन्छ।

यसरी रक्त कोलेस्टेरोल बढ्दा स्वास्थ्यमा धेरै गडबडी देखा पर्दछन् र हृदयघात र मस्तिष्कघात जस्ता समस्याहरू देखा पर्दछन।

यसर्थ रक्त चिल्लोको गडबडीको आजको दिनमा नं. १ किलर रोग हृदयघात र मस्तिष्कघातको आधारभूत कारण हुन्।

हृदयघात र मस्तिष्कघात जस्ता रोगहरू माथि विजय पाउनका लागि रक्तचिल्लोको गडबडीलाई कमगर्न सक्नु पर्दछ। रक्तचिल्लोको गडबडी कम गर्नका लागि निम्ना प्राकृतिक उपायहरू अवलम्बन गर्न सकिन्छ।

१. तौल कम गर्नुहोस । २. नियमित रूपमा व्यायाम गर्ने गर्नुहोस। ३. आवधिक उपवास गर्नुहोस। ४. प्रसस्त फलपूmल तथा तरकारीको सेवन गर्नुहोस। ५. तेल नहालिकन खानेकुरा खान सिक्नुहोस।

६. धूम्रपानको त्याग गर्नुहोस। ७. मद्यपानको त्याग गर्नुहोस। ८. चिनी र प्रशोधित कार्बोहाईडे«ट्स नखाने। ९. ट्रान्स फ्याट र हाईड्रोजेनेटेड फ्याटको त्याग। १०. प्रशस्त खाद्य रेशा र चोकरयूक्त खानेकुराहरूको सेवन गर्नुहोस।

११. आमेगा–३ फ्याट्टि एसिडको सेवन। १२. लसुनको सेवन। १३. तेल भएका गेडागुडीको सेवन बाट शरीरलाई चाहीने चिल्लोको पूर्ती गर्नेगरौ।१४. आर्टिचोक खानुहोस। १५. मेथीको सेवन गर्नुहोस।

१६. गुग्गुलिपिडको सेवन गर्नुहोस। १७. अदुवाको सेवन गर्नुहोस। १८. भिटामिनहरूको सेवन गर्नुहोस। १९. मिनिरलहरूको सेवन गर्नुहोस।२०. चाईनीज जडिबुटिको सेवन गर्नुहोस।

२१. धानको भूषको तेलको सेवन गर्नुहोस। २२. तनाव व्यावस्थापन गर्नुहोस २३. प्रसस्त पानी पिउनुहोस २४. उच्च मात्रामा खाद्यरेशा भएका खानेकुरा खानुहोस २५. जडीबुटीको प्रयोग गर्नुहोस

लेखक भरतपुर–१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कार्यकारी निर्देशक हुँन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *