बजाजले बढायो सबै मोडलको मूल्य, यस्तो छ नयाँ

समाचार

बजाजले बढायो सबै मोडलको मूल्य, यस्तो छ नयाँ
काठमाडौं । बजाज मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ वर्षसँगै पुन: आफ्ना मोडलको मूल्य वृद्धि गरेको हो । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्ना सबै मोडलमा मूल्य वृद्धि गरेको छ।

बजाज नेपालमा सर्वाधिक मोटरसाइकल विक्री गर्ने कम्पनी हो । कम्पनीले पछिल्लो समय हरेक महिना मूल्य बढाउँदै आएको छ । विशेषत अन्तर्राष्ट्रिय बजारमा मोटरसाइकलको मूल्यमा भएको वृद्धिसँगै नेपालमा मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।

कोभिड १९ को संक्रमणपछि बजाजले सबैभन्दा धेरैपटक मूल्य वृद्धि गरेको छ । नयाँ वर्षसँगै कम्पनीले न्यूनतम १ हजारदेखि ४ हजार रुपैयाँसम्मले मूल्य बढाएको छ । कम्पनीले सबैभन्दा कम मूल्य डिस्कभर ड्रम भेरियन्टमा १ हजारले बढाएको छ भने, अन्य मोडलमा ३ र ४ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *