छबिराज ओझाको पीडा: सबै सम्पती रोक्का, साथीभाइसंग पैसा माग्दै जीवन गुजारा

Rochak

सिने क्षेत्रको एक चर्चित नाम हो छविराज ओझा अर्थात् छबि बा । सिने क्षेत्रमा ‘छबि बा’ भनेर आफ्नो एउटा छुट्टै छबि बनाउन सफल भैसकेका एक बलियो खम्बाको रुपमा पनि उनलाई चिन्न सकिन्छ त्यसो त छविराज ओझा कुनै अपरिचित नाम भने पक्कै होइन, नेपाली चलचित्र क्षेत्रमा डिस्ट्रीब्युटरका रुपमा प्रबेश गरेका उनले ‘युग देखि युगसम्म’ निर्माण गरेपछि निर्माताको रुपमा पनि चिनिन थालेका हुन। उनले नेपाली फिल्म क्षेत्रमा दर्जनौ बढी चलचित्र निर्माण गरिसकेका छन् भने हरेक वर्ष जसो चलचित्र निर्माण गर्ने उनलाई बाघ निर्माताको रुपमा समेत चिन्न सकिन्छ ।

नेपाली सिने क्षेत्रमा ठुलो यागदान पुर्याएपनि पछिल्लो समय अर्थात् नायिका सिल्पा पोखेरलसंग बिबाह बन्धनमा बाधिएको केहि वर्ष नबित्दै विभिन्न लफडाको दलदलमा फस्न पुगे । हुनत सिने क्षेत्रका धेरै कलाकारहरु दिनप्रतिदिन विवाद, आलोचना र ट्रोलको सिकारमा परिरहन्छन । विवाद, आलोचना र ट्रोलमा मात्र सिमित नभई नायक नायिकाहरु सम्बन्ध उथलपुथलमा पनि निकै अगाडि छन् । कहिले डिभोर्सका कुरा त कहिले झगडाका । झगडा र डिभोर्सको दलालबाट अझै पनि छुटकारा पाउन नसकेको जोडि हो अभिनेत्री शिल्पा पोख्रेल र निर्माता तथा डिस्ट्रीब्युटर छबिराज ओझा । यी २ को लफडा अझै पनि अदालतमा बिचाराधिन छ ।

त्यस्तै छबी केहि दिन अगाडी मात्र आफ्नी कान्छी श्रीमती सिल्पा पोख्रेलको बारेमा बोलेका छन् । पुराना सिने पत्रकार प्रकाश सुबेदीको ग्ल्यामर गफ नामक कार्यक्रम मार्फत उनले आफ्ना बिचारहरु ब्यक्त गरेका हुन् । ‘इज्जत पनि मेरै जाने, श्रीमती पनि मेरै जाने अनि सम्पति पनि मेरै जाने’ यो त भएननी भन्दै आफु धेरै दर्दमा रहेको कुरा पनि उनले बताएका छन् । उनि भन्छन ‘४ वर्ष देखि सिनेमा बनाएको छैन, मानसिक तनाबमा छु सबै सम्पति रोक्का गरेको छ । सबै सम्पति रोक्का गरेकै कारण अहिले आफु कुनै पनि फिल्म निर्माण गर्ने अवस्था नभएको र दाल भातसम्म कसरि खाने भन्ने अबस्थमा पुगेको उनले बताए ।

‘प्रकाशको अहिले कहाँबाट खादै हुनुहुन्छ भन्ने प्रश्नमा उनि भन्छन ‘साथीभाइहरुसंग १०-२० हजार माग्दै खादै छु ।’ अब त बाटोमा हिड्दा पनि अर्कातिर फर्केर हिड्नु हुन्छ होला भन्ने प्रश्नमा उनि भन्छन ‘सबैलाई अब त् सिल्पा जस्तो देख्छु, डर लाग्छ, अब त् पैला जस्तो बोल्दिन । कुरा गर्दै जादा फेरी प्रकाश सोध्छन अब कुनै बिहे गर्नु हुन्छ कि गर्नु हुदैन उनि भन्छन ‘अब कुनै पनि बिहे गर्दिन । र अन्तयमा भन्छन ‘अझै पनि सिल्पा जी आउनुस, डिभोर्स भको छैन, तपाई श्रीमती नै हो, गफ गरम मिलूम’। पछिल्लो समयको कुरा गर्ने हो भने शिल्पाको उजुरी पछि सुवेदीको २ ओटै कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ निलम्बनमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *