पूर्वराजा ज्ञानेन्द्र कुम्भमेलावाट स्वदेश फर्किदा देखियो यस्तो दृश्य , राष्ट्रिय झण्डा बोकेर विमानस्थलमा स्वागत गर्न पुगे हजारौंको भिड, प्रहरीलाई थाम्न मुस्किल (भिडियो हेर्नुस्)

समाचार

पूर्वराजा ज्ञानेन्द्र कुम्भमेलावाट स्वदेश फर्किदा देखियो यस्तो दृश्य , राष्ट्रिय झण्डा बोकेर विमानस्थलमा स्वागत गर्न पुगे हजारौंको भिड, प्रहरीलाई थाम्न मुस्किल (भिडियो हेर्नुस्)

काठमाडौ । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन्। विमानस्थलमा थामिनसक्नुको भिड थियो ।

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फकिएका हुन्। उनको स्वागतका लागि केही दिन अघि नै तयारी गरिएको थियो । भारतमा राजाकै हैसियतमा पूर्वराजा ज्ञानेन्द्रले सम्मान पाउँदा नेपालका हिन्दुहरु निकै उत्साहित भएका छन् ।

उनलाई हिन्दु सम्राटका रुपमा भारतमा सम्मान गरिएको थियो । उनको स्वागतमा समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। राप्रपा नेपालको नाममा ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानर लगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थकहरु विमानस्थल पुगेका थिए।

विमानस्थलबाट बाहिरिए लगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए। हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा समेत लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *