यसकारण लाग्यो एकता कपुरको टिमलाई चोरीको आ’रोप अन्तराष्ट्रिय

समाचार

यसकारण लाग्यो एकता कपुरको टिमलाई चोरीको आ’रोप
अन्तराष्ट्रिय

बलिउडमा केहि न केहि फिल्मीकर्मीबीच आ’रोप प’त्यारोप चलिरहन्छ । यसलाई नौलो मान्नु पर्ने कुरै हुँदैन । हालै एकता कपूरको टिमलाई चो’रीको आ’रोप लगाइएको छ । केहि दिन अघि सार्वजनिक गरिएको वेब सिरिज ‘हिज स्टोरी’ को पोस्टरमा फिल्मकर्मी सुधांशु सरियाले चो’रीको आ’रोप लगाएका छन् ।

उनले आफ्नो फिल्म ‘लभ’ को पोस्टर कपूरको समुहले चो’री गरेको भन्दै आलोचना गरेपछि कपूरको टिमले माफी समेत मागिसकेको छ । भारतिय मिडियाका अनुसार कपुरको समुह र प्रोडक्सन हाउस अल्ट बालाजीले माफी मागेको हो । यसै विषयलाई लिएर यसै सिरिजकी अभिनेत्री प्रियामणि राजले आफ्नो समुहले माफी मागीसकेको भन्दै अघि बढ्न सबैलाई आग्रह गरेकी छन् ।

उनले आफूले क्रिएटिभ टिमको काममा दखल नदिन आग्रह गर्दै आफू कलाकार भएकोले निर्देशकले अह्राए बमोजिम काम गर्ने कामदार भएको बताएकी छिन् । अभिनेत्रीले सामाजिक सञ्जालमा लेखेकी छन्,‘फोटो खिच्न बोलाउँदा हामी जाने हो । उक्त समय यस्तो तस्बिर पहिले कसैको थियो थिएन हामीलाई याद नहुन पनि सक्छ ।’

उनले आफ्नो आफु समुहबाट गल्ती भएको स्वीकार गरेकी छन् । गल्तीमा आफ्नो समुहले माफी समेत मागेको सामजिक सञ्जालमा उल्लेख गरेकी छन् । उनले भनेकी छन्,‘ हाम्रो समूहबाट गल्ती भएकै हो । यो गल्तीका लागि माफी समेत मागेका छौ । अल्ट बालाजीले आफ्नो गल्ती स्विकारेर माफी मागेको देख्दा खुसी लागेको छ । यो पोस्टर अहिले हटाइ सकिएको छ ।’

उनले एउटै विषयमा अड्किएर कहिलेसम्म बस्नुपर्ने हो भन्दै प्रश्न गरेकी छन् । उनले थप भनेकी छन्,‘ यही विषयमा कहिलेसम्म अड्किएर बस्ने हो र ? गल्ती भयो ,माफी मागि सकेपछि अबअघि बढे हुन्न र ?’ यस वेव सिरिज समलिङ्गीको कथामा निर्माण भएको हो । यस सिरिजमा उनी सत्यदीपकी श्रीमती साक्षीको भूमिकामा अभिनय गरेकी छन् । यसमा सत्यदीप र प्रियामणिको साथमा मिश्रा, मृणाल दत्तको समेत मुख्य भूमिका रहेका छन् । यो वेव सिरिज २५ अप्रिलका दिनमा जी ५ बाट प्रसारण हुँदैछ ।

त्यसैगरी : गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ।

अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गार्ई गोठ । सुवोधले धेरै दिनपछि गार्ईको गोठनजिकैको खेतमा आफ्नो गार्ईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *