युवतीको जिब्रोको मूल्य १६ करोड, यस्तो छ उनको जिब्रो

Rochak

काठमाडौ । क्याटबरी कम्पनीले एक युवतीको जिब्रोको मूल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जिब्रोको मूल्य १ मिलियन पाउण्ड तोकेको हो । लोकप्रिय रहेको क्याटबरी चकलेट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मूल्य त्यसै तोकेको भने होइन ।

ती युवतीले चकलेटको स्वाद चखाउने गर्छिन् । उनलाई चकलेट एक्सपर्ट पनि भन्ने गरिन्छ । साथै कम्पनीले उनको बीमा पनि गराएको थियो । उनले चकलेटको स्वाद पूर्ण रुपमा सही भएको र नभएको ठहर गर्छिन् । बीमा कम्पनीले पनि ती युवतीलाई स्वाद लिने इन्द्रीयलाई नोक्सान पुर्‍याउने कुनै काम नगर्न सुझाव दिएको छ ।

घर तथा गाडी, बहुमूल्य वस्तु लगायतका चीजको महँगो मूल्य तोकिए पनि युवतीको जिब्रोको यति धेरै मूल्य तोकिएको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको जिब्रोलाई तोकिएको मूल्य नेपालीमा लगभग १६ करोड रुपैयाँ हुन आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *