जन्मदिने आमाको हातबाट खोसेर सचिनलाई तेजेन्द्रले यसरी लगे (हेर्नुस भिडियो)

भिडियो

प्रतिभाशाली बाल गायक तथा कलाकार सचिन परियारको घरायसी विषयले यतिबेला सामाजिक संजालमा हट न्युजको रुपमा भाइरल भैरहेको छ। सचिनकी आमाले आफ्नो छोराछोरीलाई भेट्न पाइन भनेर गु’नासो गर्दै भेट गर्न पहल गरिराखेको बेला केही अभियान्ताहरूको पहलमा आज भेट गराउएको छ। तर भेट हुनसाथ सचिनका बुबा तेजेन्द्रले छोराछोरी सचिन र पुतलीलाई खोसेर लगेका छन्।

त्यसपछि केही समय बुबा तेजेन्द्रले पत्रकारहरू माथी नै आक्रोशित हुँदै आफ्नो बारेमा विभिन्न शीर्षकमा भड्किला समाचार बनाएर गलत सूचना सम्प्रेषण गरेको समेत आरोप लगाउनुभएको छ। त्यसपछि आमा सरिता,बुबा तेजेन्द्र र छोराछोरी सहित पत्रकार सम्मेलनको कार्यक्रम रहेको थियो तर बुबा तेजेन्द्रले सहभागीता जनाउन मान्नुभएन।

बुबाले छोराछोरी लिएर हिँडेपछि आमा सरितालाई मात्र राखेर पत्रकार सम्मेलन गरिएको थियो। पत्रकार सम्मेलनका क्रममा उनीसँग सम्बन्धित विभिन्न प्रश्नहरूको जवाफ उनले दिएकी थिइन्। त्यसैबेला आमा सरिताले बिहे गरेर गएको अर्को श्रीमान दुर्गासँग पनि कुराकानी गर्दै अहिले भइरहेको विषयमा उहाँको प्रतिक्रिया पनि लिइएको थियो।

यता सचिनले पनि आफ्नो ममीलाई निकै नै भेट्न लागेको बताइरहेका थिए। सचिनका बुबा तेजेन्द्रले पछिल्लो समय दिएका अभिव्यक्तिहरू निकै नै विवादमा आएको कारण सचिनसँग सम्बन्धित समाचारहरू निकै नै चर्चामा छन् यतिखेर। सचिन भन्छन् आफ्नो ममीलाई यसभन्दा अगाडि मोबाइलमा मात्रै देख्न पाएको आज चाहिँ सँगै भेट्न पाइने भयो।

सचिन ममी आउँदै गर्दा ममी आउनुभयो भन्दै गीत गाउँदै थिए। त्यहिबेला ममी गाडीबाट ओर्लनु भएपछि सचिन दौडिँदै गएर ममीलाई अङ्गालो हाल्छ्न्। त्यसपछि सचिनकी बहिनी पनि आफ्मो ममीलाई भेट्न भनेर जान्छिन्। ममीले दुवैजनालाई अङ्गालो हालेर रु’नुहुन्छ। वास्तवमा आमाको मन न हो,आफ्नो सन्तान भन्दा प्यारो अरु के नै हुनसक्छ र।

उनी अङ्गालो हालेर डाँको छोड्दै रु’न्छिन् निकैबेर। उनी माया गर्छिन् दुवै छोराछोरीलाई। सचिनले सुम्सुम्याउँदै न’रुनु भन्छन् आफ्नी आमालाई। तर उनी रु’न छोड्दिनन्। सचिन आफ्नो रो’इरहेकी ममीलाई फकाउन माया गर्छन् र गालामा मुसार्छन् तर पनि आमा रोकिन सक्नुहुन्न। त्यो क्षणले वास्तवमा सबैलाई भावुक नै बनाउँछ।

सबैलाई उहाँलाई नरु’न आग्रह गर्दछन् र सचिन र उनको बहिनी हात समाउँदै ममीलाई लिएर अलिक परतिर जान्छन्। बल्लतल्ल एउटा आमाको आफ्नो सन्तानलाई भेट्ने चाहना पूरा भएको छ। साथै विभिन्न दर्शक शुभचिन्तकहरूले समेत चाहना राखेको पूरा भएको छ। सचिनले पनि निकै खुसी भएर आफ्नो ममीलाई पैसा दिन्छन् गोजीबाट झिकेर।

त्यसपछि ममीलाई हँसाउन प्रयास गर्दै उनी गीत गाउँछन्, र भन्छन् ममीलाई देखेपछि आइ लभ इउ भन्न मन लाग्यो।हामीलाई पनि कसैको जीवनको यति महत्त्वपूर्ण क्षणलाई लेख्न र सेयर गर्न पाउँदा सारै नै खुसी लागेको छ। कृपया यो भिडियोलाई अन्त्यसम्म हेर्नको लागि तल दिइएको लिंकलाई क्लिक गरेर हेर्न सक्नुहुनेछ र आफ्नो प्रतिक्रिया पनि कमेन्टमा लेखेर दिन सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *