काठमाडौंमा हावाहुरी सहित चट्याङ् पर्ने, सचेत रहन आग्रह

समाचार

काठमाडौंमा हावाहुरी सहित चट्याङ् पर्ने, सचेत रहन आग्रह
सिधाकुरा १३ मिनेट अघि प्रकाशित

पछिल्लो दुई दिन यता आएको असिना पानी र हा’वाहुरीले काठमाडौँ उपत्यकाको मौसम केही खुलेको छ । बिहानैदेखि उपत्यकामा घाम लागेको छ भने मौमस सफा देखिएको छ ।दिनभरि मौसम सफा रहेको भएता पनि अब हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको मौसम विभागले बताएको छ ।

मौसम विभागले ट्वीटरमा लेखेको छ, ‘हाल काठमाण्डौ उपत्यका लगाएत देशको पहाडी भू-भागमा मेघ गर्जन, च’ट्टयाङ, हा’वाहुरी, असिना सहित वर्षा गराउने बादल विकासित भैरहेको छ । सुदुर पश्चिम, गण्डकी, बाग्मति प्रदेश र प्रदेश १ का थोरै स्थानमा मेग गर्जन सहित वर्षा भइरहेको हुनाले आवश्यक स’तर्कता अपनाउन हुने अनुरोध छ।’

त्यस्तै शनिबारकोे भी’षण हा’वाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उ’डाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जो’ड्ने त्रिशूली नदीमाथिको पक्की पुल हु’रीबतासले उ’डाएको हो ।

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी ती’व्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढ’लानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् ।पुलको निर्माण तीन वर्ष अघि शुरु गरिएको थियो ।

हु’रीबतासले उ’डाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *