फेरि बढ्यो सुनको मूल्य

Rochak

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ । शुक्रवार तोलामा ७ सय रुपैयाले बढेको सुनको मूल्य आइतबार पनि २ सय रुपैयाले बढेको हो।

शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाले बढेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *