एमसीसी रोक्ने अधिकार सभामुखलाई छैन : प्रधानमन्त्री ओली

समाचार

नेपाली काँग्रेसका सभापति विपक्षी दलका नेता माननीय शेरबहादुर देउवाजीलगायत सबै पार्टीका नेता साथीहरू, मन्त्रीज्यूहरू र उपस्थित महानुभावहरू !
केही समय भयो हामीले सर्वदलीय बैठक गर्न पनि भ्याइरहेका थिएनौँ र जरुरी पनि भइसकेको थियो । देशको अवस्थाका बारेमा, परिस्थितिका बारेमा र साझा समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा यसका लागि मैले यो सर्वदलीय बैठक बोलाएको हुँ । म सबै साथीलाई बैठकमा हार्दिक स्वागत गर्न चाहन्छु ।
कोभिड फेरि फैलिन लागेको छ । आज हामी त्यस विषयमा छलफल गर्नेछौँ र सरकारका तर्फबाट चालिएका कदमहरूको सन्दर्भमा हामी छलफल गर्नेछौँ । त्यसैगरी केही स्थानीय तहमा संविधानले वडाध्यक्षसम्मको तहमा निर्वाचन गराउनुपर्छ भनेको छ । त्यसर्थ हामी त्यसमा छलफल गर्नेछौँ । प्रदेश सभामा केही स्थान रिक्त भएका छन् । उहाँहरू पार्टीबाट निष्कासित भएर रिक्त भएको स्थिति छ । प्रदेश सभाबाट निकालिएर रिक्त भएको स्थिति छ । त्यसमा उपनिर्वाचन गर्नुपर्नेछ । राष्ट्रिय सभामा एक जनाको घोषणा हुन बाँकी छ । त्यो प्रक्रियाको कारणले विलम्ब भएको होला । भोलि वा पर्सिसम्ममा त्यो प्रक्रिया पनि पूरा हुन्छ । राष्ट्रिय सभाको निर्वाचन पद रिक्त भएको ३५ दिनभित्र गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसकारण हामीले ३५ दिनभित्र निर्वाचन गर्नुपर्छ । त्यो अनिवार्य छ । मैले सबै पार्टीका साथीसँग परामर्श गर्नुपर्छ, ३५ दिनभित्र गर्नुपर्ने संवैधानिक, कानुनी बाध्यता स्थितिका बारेमा । सबै दलमा जानकारी पनि गराउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *